१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्: मन्त्री पाण्डे

सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्: मन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमासो विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दुतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उहाँले बताउनु भयो । मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भिर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उहाँको अवस्था खतरामुक्त रहेको पनि बताउनु भयो । उहाँले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हामी यतिखेर विभिन्न निकायसँग छलफलकै क्रममा छौं । समिति बनेको छ । समितिले गर्ने काम, उसको आफ्नो काम छ । समितिले गर्ने काममा उसको स्वतन्त्रता, निष्पक्षता र उसको तटस्थतामा हामी कुनै पनि किसिमको हस्तक्षेप हुने रहन दिनेछैनौं । तर सँगैमा मन्त्रालयले गर्ने काम सरकारले गर्ने कामको बारेमा सरकारले समितिको तटस्थतालाई सर्वोपरी राख्दै हामीले गर्ने कामका बारेमा हामी प्रतिवद्धताका साथ लाग्नेछौं । र अहिले विभिन्न निकायहरुसँग छलफलकै क्रममा भएको कारणले धेरै विषयमा आज म प्रकाश पार्दिन । धेरै विषयमा आज म यहाँ आग्रह गर्दिन । आगामी दिनमा यो सम्पूर्ण विषयहरु जुन सदनमा उठेका छन् । हामी भोलिपल्टै नौ गतेका दिन घटना भयो । १० गतेका दिन संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि यसरी नै गहिरो गरी छलफलमा गएका थियौ ।’

‘त्यहाँका प्रश्नहरुलाई समेत आधार मान्दै आगामी दिनमा यो बारेमा विस्तृत जानकारी गराउने आग्रह गर्न चाहन्छु । र अहिलेसम्मका तथ्यहरुको विवरण छोटकरीमा आग्रह गर्न चाहन्छु । विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त उडानका क्याप्टेन गम्भिर घाइते भई हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकहरुबाट प्राप्त भएको छ । हालसम्म विदेशी यमनी नागरिक बाहेक मृतकका सबै परिवारहरुले शव बुझेको अवस्था छ । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दुतावास नभएकाले यमनको दुतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको । शव व्यवस्थापनको खर्च सौर्य एयरलाईन्सबाट भएको पनि जानकारी गराउन चाहन्छु ।’

गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाईन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भिर अवस्थामा उद्धार गरिएको थियो ।