४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्: मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमासो विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दुतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उहाँले बताउनु भयो । मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भिर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उहाँको अवस्था खतरामुक्त रहेको पनि बताउनु भयो । उहाँले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हामी यतिखेर विभिन्न निकायसँग छलफलकै क्रममा छौं । समिति बनेको छ । समितिले गर्ने काम, उसको आफ्नो काम छ । समितिले गर्ने काममा उसको स्वतन्त्रता, निष्पक्षता र उसको तटस्थतामा हामी कुनै पनि किसिमको हस्तक्षेप हुने रहन दिनेछैनौं । तर सँगैमा मन्त्रालयले गर्ने काम सरकारले गर्ने कामको बारेमा सरकारले समितिको तटस्थतालाई सर्वोपरी राख्दै हामीले गर्ने कामका बारेमा हामी प्रतिवद्धताका साथ लाग्नेछौं । र अहिले विभिन्न निकायहरुसँग छलफलकै क्रममा भएको कारणले धेरै विषयमा आज म प्रकाश पार्दिन । धेरै विषयमा आज म यहाँ आग्रह गर्दिन । आगामी दिनमा यो सम्पूर्ण विषयहरु जुन सदनमा उठेका छन् । हामी भोलिपल्टै नौ गतेका दिन घटना भयो । १० गतेका दिन संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि यसरी नै गहिरो गरी छलफलमा गएका थियौ ।’

‘त्यहाँका प्रश्नहरुलाई समेत आधार मान्दै आगामी दिनमा यो बारेमा विस्तृत जानकारी गराउने आग्रह गर्न चाहन्छु । र अहिलेसम्मका तथ्यहरुको विवरण छोटकरीमा आग्रह गर्न चाहन्छु । विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त उडानका क्याप्टेन गम्भिर घाइते भई हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकहरुबाट प्राप्त भएको छ । हालसम्म विदेशी यमनी नागरिक बाहेक मृतकका सबै परिवारहरुले शव बुझेको अवस्था छ । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दुतावास नभएकाले यमनको दुतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको । शव व्यवस्थापनको खर्च सौर्य एयरलाईन्सबाट भएको पनि जानकारी गराउन चाहन्छु ।’

गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाईन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भिर अवस्थामा उद्धार गरिएको थियो ।