६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउने निर्णयको राप्रपाका प्रवक्ताको कडा आपत्ति

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउने निर्णयको राप्रपाका प्रवक्ताको कडा आपत्ति
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुका लागि विना धितो ऋण उपलब्ध गराउने व्यवस्थाप्रति आपत्ति जनाउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा वैेदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो । यस्तो व्यवस्थाले युवा पलायन हुने भन्दै प्रवक्ता श्रेष्ठले यसलाई हचुवाको निर्णयको संज्ञा दिनुभएको छ ।

श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सरकार र सरकार मातहतका निकायका केही अपवादबाहेकका अधिकांश निर्णय हचुवा, अदूरदर्शी र उल्टो बाटो नहिँडेको भए देशको आजको जस्तो दुर्गति हुने थिएन भन्ने टिप्पणी पनि गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

सरकार र सरकार मातहतका निकायका केही अपवाद बाहेकका अधिकांश निर्णयहरु हचुवा, अदूरदर्शी र उल्टो बाटो नहिडेको भए देशको आजको जस्तो दुर्गति हुने थिएन । देशको नवनिर्माणको अभियानमा साथमा लिनुपर्ने युवालाई वैदेशिक रोजगारका लागि बिना धितो ऋण उपलब्ध गराउने भन्ने हालै सार्वजनिक निर्णय सुन्दा कर्णप्रिय र लोकप्रिय लागेपनि यो निर्णय युवा शुन्य अवस्थामा देशलाई पुरÞ्याउने, स्वदेशमा रोजगारी सिर्जनालाई निरुत्साहित तुल्याउने, संगठित र जुझारू सत्ता विरोधी जनमतलाई शिथिल पार्ने, उत्पादनतर्फ ध्यान नदिइ रेमिट्यान्सको भरमा देश चलाउने र कालान्तरमा देशलाई वृद्धाश्रम बनाउने युवा विरोधी नीति हो ।

०६२/६३ पछि परिवर्तनको संवाहक भनिने दलहरुले नै वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बनाएर युवालाई वैदेशिक रोजगारमा प्रोत्साहित गर्ने नीति लिए । फलस्वरुप पचासौं लाख युवाहरु आज वैदेशिक रोजगारीमा पुगेका छन् । दुबइ, कतार, मलेसिया, साउदी अरब र खाडीका देशहरु बनाउन सक्ने युवालाई आफ्नो देश बनाउने अवसरबाट वन्चित गरिएको छ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका विकसित देशहरुमा आफ्नो सुन्दर भविष्यको खोजी गर्दै गएका युवाहरु अधिकांश फेरि नेपाल फर्कने र नेपालमै केही गर्ने आशा त्यागेर ति देशहरुमा स्थायी रुपमा कसरी सबल र सेटल हुन सकिन्छ भनेर संघर्षरत छन् । देशको वर्तमानको यो दुरावस्था भविष्यका लागि धेरै हिसाबले कहालिलाग्दो होइन ? एकछिन गम्भीर भएर सोचौं त !

सबै टल्कने वस्तु हिरा हककुदैन तर नेपाली जनताले यी टल्किएका नक्कली हिरालाई सक्कली हिरा ठान्ने भूल र पटकपटक भूल गर्दैगर्दा आज देशलाई युवा शुन्य अवस्थामा लैजाने फेरि अर्को गलत नीति लिइएको छ जुन दूर्भाग्यपूर्ण छ । झट्ट सुन्दा युवालाई बिना धितो ऋण दिने कुराको विरोध गरेजस्तो सुनिएला तर जुन निर्णय देशको हितमा छैन, युवाको हितमा छैन त्यस्तो निर्णयको विरोध हुनैपर्छ, विरोध गरिनैपर्छ ! एक्लै किन नभइयोस् !