९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट बैंकको साधारणसभा पुस २७ मा, १०.५३ प्रतिशत लाभांश पारित हुने



अ+ अ-

काठमाडौं। एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा गर्ने तय भएको छ । उक्त सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ। 

बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै कम हो। यद्यपी एभरेष्टले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ।  बैंकले यो अवधिमा एक पटक ३३.३३ प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो।एभरेष्टले पछिल्लो १० वर्षमा ७० प्रतिशतसम्म पनि लाभांश वितरण गरेको छ।

एभरेष्टले गत वर्ष एक अर्ब ३६ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १३ करोड ५९ लाख रुपैयाँ छ। गत वर्ष यो बेलाको नाफा ३० करोड ८४ लाख रुपैयाँ थियो। कोभिडका कारण ब्यापार ब्यवसाय समस्यामा गएको र राष्ट्र बैंकले पनि ऋण भुक्तानीमा केही नरम नीति लिएका कारण बैंकको नाफा उल्लेख्य घटेको हो।

कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा रहेको छ। संस्थापक सेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०.०३ प्रतिशत छ। यसबाहेक प्रतिमा श्रेष्ठको १४.९१, बीके श्रेष्ठको ९.१८, होटल स्नो लायन प्रालिको ९.३१ प्रतिशत सेयर छ।