३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा वुमन्स भलिबल नेसन्स लिगको ट्रफी सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाबिरुद्ध चुनौती प्रश्तुत गर्ने भएको छ ।

नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन आयोजनामार्पmत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका पनि सार्वजनिक गरेको हो ।

आगामी साउन १७ गतेदेखि शुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । नेपालले यो प्रतियोगिताका लागि रसियासँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन । पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।

शुक्रवार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गर्नुभएको हो । प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलकां तथा भारत र इरानबीच प्रतिष्पर्धा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानबिरुद्ध प्रतिष्पर्धा गर्ने भएको छ । प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् । राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।