१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना
अ अ+ अ-

भोजपुर । सामदुायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ । नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।

सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक वनमा नर्सरी स्थापनाको कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा दुईवटा सामुदायिक वनमा ४० हजार विरुवा उत्पादनसँगै खाली जमिनमा रोप्न नर्सरी स्थापना गरेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो । स्थापना गरिएका नर्सरीबाट सामुदायिक वन आफैँले रोपन तथा  नि:शुल्क रुपमा वितरण गर्नसक्ने उहाँको भनाइ छ ।

“सामुदायिक वनको विकाससँगै नाङ्गा पाखा तथा खाली स्थानमा वृक्षरोपन गर्ने उद्देश्यले नर्सरी स्थापना गरिरहेका छौँ”, प्रमुख शाहले भन्नुभयो, “दुईवटा सामुदायिक वनमा ४० हजार बिरुवाको नर्सरी स्थापना गरिएको छ । खाली जमिनलाई हरियाली बनाउन यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि सञ्चालन गर्ने कार्यालयको लक्ष्य छ ।”

दिगो आम्दानीको स्रोत नहुँदा कतिपय सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन तथा विधिविधान निर्माणमा समस्या भइरहेको कार्यालयले जनाएको छ । उक्त समस्या समाधानका लागि सामुदायिक वनलाई उत्पादनसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिँदै आयस्तरमा सुधार गर्न बिरुवा रोपन थालिएको प्रमुख शाहले बताउनुभयो ।

सामुदायिक वनमा नर्सरी स्थापना कार्यक्रमअन्तर्गत हतुवागढी–२ को शिवालय सामुदायिक वन र टेम्केमैयुङ गाउँपालिका–३ को हर्कटे आमलाला सामुदायिक वनमा नर्सरी स्थापना गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले बताउनुभयो । विभिन्न जातका ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यहनुसार कार्यालयको रु चार लाख बजेटमा यहाँ नर्सरी स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्पादन भएका बिरुवालाई खाली तथा नाङ्गा पाखामा रोपिने शिवालय सामुदायिक वनका अध्यक्ष यदुराज थापाले जानकारी दिनुभयो । फलफूल जातका बिरुवासँगै जडीबुटीजन्य बिरुवाको नर्सरी स्थापना गरिएकाले यसले वन क्षेत्रको विकाससँगै समितिको आम्दानी वृद्धि हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो । नर्सरीमा फलफूलजन्य टिमुर, जामुन, बडहर, रिठा, रुद्राक्ष चिउरी, टाकी, सल्लालगायत बिरुवा रहेका छन् । रासस