• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा यादव



जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा शिवराम यादव नियुक्त हुनुभएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गर्नुभएको छ । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त हुनुभएको थियो ।

विगत पाँच महिनादेखि लोक सेवा आयोगमा पदाधिकारी विहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्र्तवार्ता तथा छनौट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४मा प्रदेश लोक सेवा आयोगको गठन तथा स्थापना भएको थियो । रासस