१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न सरकारसँग मुस्लिम आयोगको माग

मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न सरकारसँग मुस्लिम आयोगको माग
अ अ+ अ-

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण एवं विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा हडप्ने काम भइरहेकोप्रति मुस्लिम समुदायले संरक्षणका लागि आग्रह गरेको बताउनु भयो । उहाँले कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा सहकारीमन्त्री बलराम अधिकारलाई बोलाएर मुस्लिम समुदायका सांस्कृतिक धरोहरहरु संरक्षणका लागि आग्रह गरेको बताउनु भयो । कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले गर्नसक्ने सहयोगका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभएको पनि अध्यक्ष अन्सारीले बताउनु भयो । उहाँले अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने रहेकाले मुस्लिम समुदायले पनि सोहीअनुसार न्याय पाउनेमा आशावादी रहेको बताउनु भयो । अध्यक्ष अन्सारीले काठमाडौंका मुस्लिम समुदायले प्रयोग गर्दै आएको स्वयम्भूस्थित कब्रिस्तान सानो भएकाले सो बारेमा सरकारले सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुस्लिम समुदायको उहाँको मन्त्रालय मातहतमा रहेको समस्या जुन लामो समयदेखि मस्जिदको जग्गा, कब्रिस्तानको जग्गा, इदगाहको जग्गा मुस्लिम समुदायले भोगचलन गर्दै आइरहेको छ । तर लालपूर्जा नलिएको थियो । पहिला आफ्नो भएपछि भयो, किन लिनपर्छ र रु भन्ने थियो । अहिले आएर ठाउँठाउँमा विवाद हुने, समस्या सिर्जना हुने भएको छ । मान्य मन्त्रीज्युकै मन्त्रालयको इस्यु भएकाले यसमा छलफल गरेका हौँ । कतिपय ठाउँमा चिहानको जग्गा मिचिरहेको अवस्था छ । स्थानीय निकायले समेत मिचिरहेको छ ।’

‘यस्ता समस्याहरु छन् । काठमाडौंमा पहिलादेखिको चिहान एउटा छ, स्वयम्भूमा । विद्युत प्राधिकरण भएको ठाउँमा रत्नपार्कमा पहिला चिहान थियो । त्यो ठाउँमा सरकारले सट्टापट्टा गरेर स्वयम्भूमा दियो । त्यो अलि सानो ठाउँ दिएकाले पुरेर पनि हामीले चार, पाँच वर्ष अघिदेखि फेरि प्रयोग गर्ने कार्य भइरहेको छ । भोलिको दिनमा भरिसकेपछि पुर्ने ठाउँ पनि रहँदैन । त्यसकारणले वैकल्पिक कब्रस्तान काठमाडौंको हकमा आवश्यक छ भनेका हौँ । यस्ता समस्या जुन छन्, ति समस्या समाधान गर्न भूमिसुधारमन्त्रीलाई बोलाएर कुरा राख्यौँ । उहाँले बोल्ने क्रममा आफूबाट हुने समाधान गर्ने प्रतिवद्धता गर्नुभयो । अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने छ ।’

अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हक, अधिकार, उत्थानका लागि सरकारले आवश्यक काम गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।