२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । जुवातास खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

५ साउनमा जुवातास खेल्दै गरेको अवस्थामा कपनबाट पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

घलेसहित काठमाडौं महानगरपालिका–६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका–११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौं–६ का ५२ वर्षीय प्रवीण लामा लगायत १० जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

तासा खेल्दै गरेको स्थानबाट प्रहरीले १ लाख ३६ हजा ५ सय रुपैयाँ, जुवा खेल्न प्रयोग हुने ३७ थान क्वाइन र ६ बुक तास बरामद गरेको थियो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।