१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जनकपुरको श्री जानकी आँखा अस्पताल पुन: विवादमा

जनकपुरको श्री जानकी आँखा अस्पताल पुन: विवादमा
अ अ+ अ-

जनकपुर । पटक पटक विवादमा आइरहने जनकपुरको श्री जानकी आँखा अस्पताल पुन: एक पटक विवादकै कारण चर्चामा छ ।

केही दिन यतादेखि अस्पतालमा ताला लागेको छ, चिकित्सकिय सेवा प्रभावित भएको हो । केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले अस्पताल सुधारका लागि दबाबको सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलिय तथा सर्वपक्षिय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन उग्र रुप लिएको छ ।

अहिले आएर दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएको छ । सर्वपक्षिय समितिले अस्पताल भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको आरोप लगाएको छ । विवादकाबीच दुवै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आ–आफ्नो पक्ष राखेका छन् ।

समितिले पत्रकार सम्मेलन गरेर रेडक्रस धनुषाका सभापति एवं जानकी आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले अस्पताललाई गोजीको संस्था बनाउनुका साथै भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएको छ । रेडक्रसका कोषाध्यक्ष एवं समितिमा समेत रहनुभएका धिरेन्द्रमोहन झाले वर्तमान रेडक्रस सोसाइटीको धनुषा समिति नै अवैधानिक रहेको दाबी गर्नुभयो । उहाँले सिंह अगाडी सभापति बन्नुभएका गंगाराम यादव ७७ को नियमावली अनुसार बनेको अवस्थामा उहाँपछि सभापति बन्नुभएका सिंह ७५ को नियमावलीलाई टेकेर सभापति कसरी बने रु भन्दै प्रश्न गर्नुभयो ।

यता सर्वदलिय सर्वपक्षिय समितिका संयोजक रामसिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथि श्रम शोषण समेत भइरहेको आरोप लगाउनु भयो । उहाँकाअनुसार ५ वर्ष अगाडी छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी अध्ययन गर्नुभएका डा। अमित यादव जानकी आँखा अस्पतालमा काम गर्न शुरु गर्नुभयो । त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष डा। विजयकुमार सिंह हुनुहुन्थ्यो । डा। यादवले २ वर्षको करार सम्झौताको आधारमा काम शुरु गर्नुभएको थियो । उक्त करारको अवधि समाप्त नहुँदै डा। सिंहको पदावधि समाप्त भयो ।

नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ । तर सोही नियमावलीमा पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था गरिएको हो । नियमावलीको व्यवस्था अनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ । त्यसैगरी रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । समितिका नि:वर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था गरिएको छ ।

अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि छन् । सिंहले नियमावलीअनुसार नि:वर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिककका पूर्वअध्यक्ष डा। विजय सिंहलाई पदेन सदस्यमा राखेका छन् । सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एक्लौटी निर्णयहरू गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ ।

यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंह लगायतका अस्पताल प्रशासन पक्षले समेत पत्रकार सम्मेलनको आयोजना गरेर सम्पूर्ण अरोपको खण्डन गरेको छ । आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले यो अस्पतालको अध्यक्ष विनोद शर्मा, डा। विजय सिंह, गंगाराम यादवपछि मात्रै आफू अध्यक्ष भएको भन्दै यसले अस्पताल गोजीको संस्था नरहेको प्रमाणित गर्ने बताउनु भयो । साथै गंगाराम यादव निर्वाचित अध्यक्ष नरहेको र डा। विजय सिंह निर्वाचित पूर्वअध्यक्ष रहेकाले उनीहरुलाई नि:वर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको उनले स्पष्ट गर्नुभयो । अहिले आएर झाले रेडक्रस बिरुद्ध जथाभावी अनर्गल प्रचारवाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरिरहनु भएको आरोप लगाउनु भयो ।

आँखा अस्पतालका प्रमुख डा। आशिष बोहोराले कुनैपनि चिकित्सक वा कर्मचारीलाई बलजफ्ती हटाउन लागिएको आरोप बेतुकको रहेको दाबी गर्नुभयो । उहाँले डा। अमित यादव इन्टन्र्स गर्नका लागि आउनुभएको र उनको करार अवधि नथप्ने निर्णय भएपछि आन्दोलनको रुप दिइएको आरोप लगाउनु भयो । बोहराले डा। यादवलाई विज्ञापनबाट आफूहरुले तपाईलाई राख्न तयार रहेको भनेपछि उनले बखेडा झिकेको आरोप लगाउनु भयो । डा। यादवले आँखा अस्पतालमा आउने बिरामीलाई रेफर गर्ने, वैकल्पिक पूर्जीको प्रयोग गर्ने लगायतका क्रियाकलापमा लागेकाले पनि करार अवधि नथप्ने पक्षमा पुगेको उहाँको भनाई थियो ।

यसका साथै डा.रञ्जना ठाकुरलाई मधेसको स्वास्थ्य मन्त्रालयले आँखा अस्पतालमा २०८०/०४/२९मा काजमा खटाएको र पछि मन्त्रालयले नै काज फिर्ता लिएको डा। बोहोराले स्पष्ट पार्नुभयो । बोहोराले अस्पतालको खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप समेत निराधार रहेको दाबी गर्नुभयो ।