५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको मौद्रिक नीति दिउँसो १२:१५ मा सार्वजनिक गरिँदै



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित भवनबाट दिउँसो सवा १२ बजे माद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकारमा नियुक्त भएपछि एक साता अघि रोकिएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीतिमा उनका सुझावलाई समेत लिन केही दिन रोकिएको थियो ।

मौद्रिक नीति सार्वजनिक गर्न आज केन्द्रीय बैंकले बोर्ड बैठक डाकेको छ । आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सम्बन्धमा र केन्द्रीय बैंकको आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक वित्तीय विवरणमाथि छलफल गर्न एजेण्डासहित बोर्ड बैठक आह्वान भएको हो ।

अहिले मौद्रिक नीति मार्फत बजारमा मुद्राको प्रवाह ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको ल्याउनुपर्ने चौतर्फी आवाज उठेको बेला केन्द्रीय बैंकको ध्यान पनि त्यतैतर्फ रहेको बताइएको छ ।

मौद्रिक नीतिले सेय धितो र घरजग्गा कर्जामा लचकता अपेनाउने अपेक्षा गरिएको छ । ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत रहेको जोखिम भार घटाउने, ट्रस्ट रिसिप्टलगायतका आयात कर्जाको जोखिम भार घटाएको अवस्थामा पनि कर्जा लगानीका लागि केही आधार बन्नसक्ने बैंकर्स बताउँछन् ।

त्यस्तै, सेयर धितो कर्जाको व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमामा पुरावलोकन गर्नुपर्ने माग उठिरहेको छ । राष्ट्र बैंकले कर्जा नीति बनाउनुपर्ने र सेयर बजारमा लगानी गर्ने नीति धितोपत्र बोर्डले नै बनाउने भएकाले त्यस किसिमको सीमा राष्ट्र बैंकले तोक्न नहुने डा. युवराज खतिवडाले नै बताउँदै आएका छन् । खतिवडाले मौद्रिक नीतिमा चासो देखाएकाले त्यसमा परिमार्जन हुने अपेक्षा धेरैको देखिन्छ ।




भर्खरै