• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।