२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयारी कम भएको अनुभव भयो: कप्तान जेनिसा



अ+ अ-

काठमाडौँ । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ ।

भलिबल टोली बिहीवार दिउँसो नेपाल आएको हो । मालेमा मंगलवार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो । खेल नेपालले २५–१५, २५–१०, २५–१४ ले जितेको थियो । सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

त्यसअघि लिग चरणमा श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार व्यहोरेको नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

यु–२० महिला भलिबल टिमीक कप्तान जेनिसा विश्वकर्माले प्रतियोगिता आफ्नो तर्फबाट राम्रो भएको बताउनु भयो । नेपालले उपाधि जितोस् भनने चाहना भएपनि आफूहरुले राम्रो खेल खलेको बताउनु भयो । विपक्षी टिम राम्रो रहेको र नेपालको तयारी कम भएको अनुभव भएको बताउनु भयो ।

चार देशसम्मिलित प्रतियोगितामा किर्गिस्तान च्याम्पियन बनेको छ ।