१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौं: पर्यटनमन्त्री पाण्डे

जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौं: पर्यटनमन्त्री पाण्डे
file
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रीपरिषद्ले गठन गरिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले दुर्घटनाको छानविनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरु उठेको उल्लेख गर्नुभयो । उहाँले चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रीपरिषद्ले छानविन आयोग बनाएको बताउनु भयो । उहाँले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराउनु भयो । उहाँले सरकारले अध्ययन समितिहरु बनाउने र समितिहरुले प्रतिवेदनहरु बुझाउने तर प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुकता नदिएको स्वीकार गर्नुभयो ।

उहाँले अब विगतका दुर्घटनाका प्रतिवेदनहरु कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको बताउनु भयो । उहाँले अध्ययनले दिएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताउनु भयो । उहाँले समितिमा पनि त्यो प्रतिवद्धता दोहोर्‍याउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सौय एयरलाइन्स दुर्घटनाको छानविनको लागि सरकारले आयोग बनाएको छ । तर चारैतिरबाट प्रश्नहरु आइरहेका छन् । नेपाली आकाशमा यस्ता घटनाहरु किन पटक–पटक किन दोहोरिरहन्छ । सधैँ यस्तो घटनाबाट नेपाली आकाश र नेपालीहरु अभिसप्त हुन्छ । कारण के हो । सजकता र शतर्कता राज्यले किन अपनाउन सकेन । सम्बन्धित निकायहरुले किन अपनाउन सकेनन् । यसका व्यवस्थापकीय कमजोरी हुन् की, प्राविधिक कमजोरी हो, मानविय लापरबाही हो की रु भन्ने ढङ्गका प्रशस्त प्रश्नहरु आइरहेका छन् ।

सरकारले अध्ययन समितिहरु बन्छन् । प्रतिवेदनहरु पनि आउँछन् । प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुपता देखिँदैन । जसका कारणले यस्ता घटनाहरु व्यहोर्नुपर्छ भन्ने प्रश्न पनि आएका छन् । यी प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुगौं । घटनाका बारेका छिनोफानो गरौं । अध्ययनबाट निस्केको प्रतिवेदन आउँछ । त्यसलाई सतप्रतिशत कार्यान्वयन गर्ने दिशामा प्रभावकारी कार्यान्वयन बाटो तय गरौं भन्ने कुरा मन्त्रीपरिषद्मा संकल्प व्यक्त गरेका छौं । त्यही आधारमा निर्णय भएको छ । समितिमा पनि त्यो प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु । बुधवारको घटना हुँदै मानविय क्षेती भएपनि अन्य थप क्षेती हुन पाएको छैन ।’

मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको बताउनु भयो । उहाँले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताउनु भयो । उहाँले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पुर्‍याउने प्रतिवद्धता जनाउनु भयो ।