• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौं: पर्यटनमन्त्री पाण्डे



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रीपरिषद्ले गठन गरिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले दुर्घटनाको छानविनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरु उठेको उल्लेख गर्नुभयो । उहाँले चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रीपरिषद्ले छानविन आयोग बनाएको बताउनु भयो । उहाँले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराउनु भयो । उहाँले सरकारले अध्ययन समितिहरु बनाउने र समितिहरुले प्रतिवेदनहरु बुझाउने तर प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुकता नदिएको स्वीकार गर्नुभयो ।

उहाँले अब विगतका दुर्घटनाका प्रतिवेदनहरु कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको बताउनु भयो । उहाँले अध्ययनले दिएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताउनु भयो । उहाँले समितिमा पनि त्यो प्रतिवद्धता दोहोर्‍याउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सौय एयरलाइन्स दुर्घटनाको छानविनको लागि सरकारले आयोग बनाएको छ । तर चारैतिरबाट प्रश्नहरु आइरहेका छन् । नेपाली आकाशमा यस्ता घटनाहरु किन पटक–पटक किन दोहोरिरहन्छ । सधैँ यस्तो घटनाबाट नेपाली आकाश र नेपालीहरु अभिसप्त हुन्छ । कारण के हो । सजकता र शतर्कता राज्यले किन अपनाउन सकेन । सम्बन्धित निकायहरुले किन अपनाउन सकेनन् । यसका व्यवस्थापकीय कमजोरी हुन् की, प्राविधिक कमजोरी हो, मानविय लापरबाही हो की रु भन्ने ढङ्गका प्रशस्त प्रश्नहरु आइरहेका छन् ।

सरकारले अध्ययन समितिहरु बन्छन् । प्रतिवेदनहरु पनि आउँछन् । प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुपता देखिँदैन । जसका कारणले यस्ता घटनाहरु व्यहोर्नुपर्छ भन्ने प्रश्न पनि आएका छन् । यी प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुगौं । घटनाका बारेका छिनोफानो गरौं । अध्ययनबाट निस्केको प्रतिवेदन आउँछ । त्यसलाई सतप्रतिशत कार्यान्वयन गर्ने दिशामा प्रभावकारी कार्यान्वयन बाटो तय गरौं भन्ने कुरा मन्त्रीपरिषद्मा संकल्प व्यक्त गरेका छौं । त्यही आधारमा निर्णय भएको छ । समितिमा पनि त्यो प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु । बुधवारको घटना हुँदै मानविय क्षेती भएपनि अन्य थप क्षेती हुन पाएको छैन ।’

मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको बताउनु भयो । उहाँले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताउनु भयो । उहाँले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पुर्‍याउने प्रतिवद्धता जनाउनु भयो ।