• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त



काठमाडौँ । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले गड्तौलालाई कामु मुख्यसचिव बनाएको थियो ।