१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

संवैधानिक परिषदमा बहुमत पुर्‍याउन चलखेल भयो: रास्वपा

संवैधानिक परिषदमा बहुमत पुर्‍याउन चलखेल भयो: रास्वपा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउने हेतुले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको आशंका गरेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकपछि बोल्दै पार्टीका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन्।

पत्रका विषयमा पार्टीले अनौपचारिकरूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको उनको भनाइ छ । ‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन । ’, उनले भने ।

पत्रको एउटामात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको झाले बताए । यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको बताउदै उनले भने, ‘यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन र यसको प्रभाव पनि कतै परेको छैन ।’

संवैधानिक परिषदका लागि यो सबै चलखेल भएको हो कि भन्ने आशंका पार्टीलाई रहेको प्रवक्ता झाले बताए । उपसभामुख अहिले पार्टीको सदस्य नभएको भन्दै झाले भने, ‘उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्न । यो विषयमा संसद सचिवालय र राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । त्यहाँ के छलफल र निर्णय हुन्छ, त्यसको आधारमा हामी थप धारणा बनाउनेछौं ।’