१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता अधिकारकर्मीहरुको माग

बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता अधिकारकर्मीहरुको माग
अ अ+ अ-

काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरु चरम ठगीमा पर्दै आएका बताएका हुन् ।

उनीहरुले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् । बैठकमा बोल्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको बताउनु भयो ।

उहाँले बजारमा म्याद गुज्रिएका अखाद्य वस्तुहरुको बिक्री वितरण भइरहेको बताउनु भयो । अखाद्य वस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको उहाँको भनाई छ । उहाँले सामग्रीहरु चर्को मूल्यमा बिक्री वितरण भइरहेको र मिसावट पनि व्यापक रुपमा हुने गरेको बताउनु भयो । त्यस्तै बिजुली, पानी र टेलिफोन लगायतका सेवाहरु नियमित नहुँदा नहुँदै पनि चर्को महशुल असुल गरिरहेको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा बोल्दै सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरुले अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने बताउनु भयो । उहाँले उपभोक्ता अदालत गठन तुरुन्तै गर्नुपर्ने बताउनु भयो । उहाँले साना–ठूला सबै पसलहरुलाई प्यानमा लानुपर्ने बताउनु भयो । उहाँले दाल, चामल लगायतका खाद्य सामग्रीहरु बाहिर निर्यात नगरी देशमै भण्डारण गर्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्दै विश्व उपभोक्ता महासंघ नेपालका अध्यक्ष तारा कार्कीले शक्तिको पहुँचका कारण बजार स्वच्छ हुन नसकेको बताउनु भयो । उहाँले वाणिज्य विभागले बजार अनुगमन गरेर दोषिलाई कारबाही गर्न खोजेपनि राज्यको माथिल्लो निकायबाट संरक्षण हुने गरेको बताउनु भयो । उहाँले सिमेन्ट, काँटाकिला लगायतका निर्माणका सामग्रीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताउनु भयो । उहाँले स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि भ्रष्टाचार हुने गरेका कारण उपभोक्ता मारमा परेका बताउनु भयो । उहाँले बजार असहज भएको र खाद्यमा गुणस्तर नभएको बताउनु भयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको भन्सार बिन्दुबाट नआउने खाद्य सामग्रीहरु गैरकानूनी बाटोबाट आउने गरेको बताउनु भयो । उहाँले गैरभन्सारबाट आउने सामग्रीहरुको मूल्यमा एकरुपता नहुने र मिसावट हुने हुँदा उपभोक्ताहरु ठगिएका बताउनु भयो । उहाँले आपूर्ति व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालकि सचिव कुमारी खरेलले राज्यको संयन्त्रहरु सही रुपमा नचलेका कारणले बजार व्यवस्थित हुन नसकेको धारणा राख्नुभयो । उहाँले राज्यका निकायहरुका बीचमा समन्वय हुन नसक्दा पनि उपभोक्ता मारमा परेका बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य सेवा धेरै महंगो भएको भन्दै नागरिकले सहज रुपमा उपभोग गर्न नसक्ने अवस्था रहेको बताउनु भयो ।

सचिव खरेलले सरकारले बजार अनुगमनमा ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।