• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   भारतको जिरिबाम जिल्लामा झडप हुँदा पाँच जनाको मृत्यु ★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ?

पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित



एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ । विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको थियो । खेल सकिएको दुई घण्टापछि रङ्गशाला खाली गराई मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

अर्जेन्टिना र मोरक्कोबीचको खेल इन्जुरी समयमा २-२ बराबरी भएको थियो । विवादित भएको खेलको दोस्रो हाफमा १६ मिनेट इन्जुरी समय थपिएको थियो । जुन इन्जुरी समयको अन्त्यमा अर्जेन्टिनाका मेडिनाले बराबरी गोल गरेका थिए ।

उक्त गोललाई लिएर मोरक्कोका खेलाडीले विरोध गरेका थिए भने कतिपय मोरक्कोका समर्थक मैदान प्रवेश गर्दा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थिति तनावग्रस्त भएपछि खेलाडीहरूले मैदान छाडेका थिए। आयोजकले सबै दर्शकलाई रंगशाला छाड्न भनेको थियो ।

दुई घन्टापछि मेडिनाले गरेको उक्त गोल भिडिओ असिस्टेन्ट रेफ्री (भिएआर) मार्फत् अमान्य रहेको घोषित गरिएको थियो । रिभ्यूमा हेर्दा मेडिनाभन्दा अगाडि एक खेलाडी अफसाइड पोजिसनमा देखिए ।  त्यसपछि तीन मिनेट बिनादर्शक खेल सञ्चालन गर्दा कुनै गोल गर्न नसक्दा अर्जेन्टिना खेलमा २–१ गोलले पराजित भयो ।

मोरक्कोका लागि सौफियानले दुवै गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गर्दा ५१ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए । अर्जेन्टिनाका लागि सिमोनले ६८ मिनेटमा गोल गरेका थिए ।