• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ? ★   प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दु:ख व्यक्त



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उहाँले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गर्नुभएको हो ।

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । “अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उहाँले भन्नुभयो, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उहाँले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । रासस