२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात दिन माग



अ+ अ-

चितवन । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले तोकिएको समयभित्र काम गर्न नसकेपछि सरकारसँग म्याद थपको लागि अनुरोध गरेको छ ।

सरकारले भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका घटनाको तथ्य पत्ता लगाउन साउन ३१ गते कार्यदल बनाएको थियो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ११ दिनको कार्य समय लिएर कार्यदल बनाएको थियो । समितीले प्रतिवेदन समयभित्र बुझाउन नसकेपछि म्याद थपिदिन माग गरेको हो ।

कार्यदल संयोजक रिजालका अनुसार कार्यदलले स्थलगत अध्ययन र हराइरहेका यात्रुका आफन्त, दुर्घटनामा बाँचेका तीनजनासँग कुराकानी गरिसकेको छ । उनले आफूहरूले प्रतिवेदन बुझाउने म्याद थप माग गरेपनि आइतबार वा सोमबारसम्म प्रतिवेदन बुझाउने जानकारी दिए ।

गत असार २८ गते सिमलतालबाट त्रिशूली नदीमा दुई वटा बस खस्दा ६२ जना यात्रु त्रिशूलीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये २५ जनाको मात्रै शब फेला परेको छ ।




भर्खरै