२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात दिन माग



अ+ अ-

चितवन । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले तोकिएको समयभित्र काम गर्न नसकेपछि सरकारसँग म्याद थपको लागि अनुरोध गरेको छ ।

सरकारले भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका घटनाको तथ्य पत्ता लगाउन साउन ३१ गते कार्यदल बनाएको थियो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ११ दिनको कार्य समय लिएर कार्यदल बनाएको थियो । समितीले प्रतिवेदन समयभित्र बुझाउन नसकेपछि म्याद थपिदिन माग गरेको हो ।

कार्यदल संयोजक रिजालका अनुसार कार्यदलले स्थलगत अध्ययन र हराइरहेका यात्रुका आफन्त, दुर्घटनामा बाँचेका तीनजनासँग कुराकानी गरिसकेको छ । उनले आफूहरूले प्रतिवेदन बुझाउने म्याद थप माग गरेपनि आइतबार वा सोमबारसम्म प्रतिवेदन बुझाउने जानकारी दिए ।

गत असार २८ गते सिमलतालबाट त्रिशूली नदीमा दुई वटा बस खस्दा ६२ जना यात्रु त्रिशूलीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये २५ जनाको मात्रै शब फेला परेको छ ।