१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका

नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका
अ अ+ अ-

काठमाडौँ । संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट बनेको नयाँ सरकारको स्थायित्वबारे नागरिकले आशंका व्यक्त गरेका छन् ।

लामो समयदेखि प्रतिद्वन्द्वीका रूपमा परिचित यी दुई दलबीचको अप्रत्याशित मिलनबाट बनेको सरकारको स्थायित्वबारे आम नागरिकमा आशंका देखिएको हो । काँग्रेस र एमालेले असार १७ गते राति सत्ता साझेदारका रूपमा सहमति गरेसँगै नयाँ समीकरण बनेको थियो । जसप्रति आम नागरिक, व्यवसायी, राजनीतिकर्मी, शिक्षक–प्राध्यापकमा केही आशा पलाए पनि केही आशंका व्याप्त छ ।

कतिपय सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी हुनेमा विश्वस्त छन् भने कतिपयले यो गठबन्धनलाई ‘अवसरवादी’ र ‘अस्थिर’ भएको टिप्पणी गरेका छन् । विगतमा दुई कम्युनिस्ट पार्टी एक भई सरकारको नेतृत्व गर्दा समेत अपेक्षाकृत विकास नभएका कारण अहिले फरक विचारधारा भएका पार्टीबीचको गठबन्धनबाट खासै अपेक्षा नरहेको आम नागरिकको गुनासो छ ।

मुलुकमा हरेक चारदेखि ६ महिनामा सत्ता समिकरण परिवर्तन हुँदा राजनीतिक अस्थिरता थियो । राजनीतिक स्थायित्वका लागि दुई फरक विचारधारा बोकेका दलहरू एक हुनुपर्ने अवस्था आएको भन्दै काँग्रेस र एमालेले सत्ता सहर्काय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । अघिल्ला सरकारबाट उद्योगी–व्यवसायीहरूलाई काम गर्ने वातावरण नबनेका कारण नवगठित सरकारले नीतिगत हिसावले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ ।

सरकार बनाउने र भत्काउने भन्दा पनि नवगठित सरकारले आम नागरिकको जीवनस्तर उकास्न लागिपर्नुपर्ने राजनीतिककर्मीको सुझाव छ । जनताको जीवनस्तर उकास्ने विषय भाषणमा मात्र सिमित बनाउनतिर नलाग्न र जनताले पत्याउने गरी काम गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का युवा नेता वसिम आलम बताउनु हुन्छ ।

दोस्रो संसदीय निर्वाचनपछि बन्दै गरेको सरकारमध्ये यो चौथो गठबन्धनको हो । यसअघि राजनतिक दलहरूले सत्ताका लागि हानाथाप गर्दा आम जनताले स्थायी सरकार पाउन सकेका थिएनन् । र अब दुई ठूला दलहरूले सत्ताको बागडोर सम्हाल्दा केही आशा र केही आशंकाको महशुस गरेको प्राध्यापक बताउँछन् । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको राजनीति विषयकी प्राध्यापक इन्दिरा प्रसाईं सैद्धान्तिक हिसावले वर्तमान सरकार सही ट्र्याकमा आएजस्तो देखिने बताउनु हुन्छ ।

राष्ट्रिय हितका लागि भन्दै बनेको गठबन्धनबाट बनेको नयाँ सरकारले आगामी दिनहरूमा कस्तो काम गर्छ । जनताको विश्वास जित्नसक्छ कि, सक्दैन भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्ने देखिन्छ ।