• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ? ★   प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान ★   यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार ★   नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त



काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ ।

रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको हो ।

“दुर्घटनाको प्रभावकारी छानबिनगरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ”, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “यस दु:खद् घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ ।”

यस्तै उपचाररत विमानका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । पार्टी सभापति रवि लामिछानेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाले मर्माहत भएको उल्लेख गर्नुहुँदै शोकाकुल परिवारप्रति समवेदना अर्पण गर्नुभएको छ ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा आज सौर्य एयरको ९ एनएएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।