२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक हो: प्रधानमन्त्री ओली



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल बुद्धको जन्मथलो मात्रै नभइ बुद्ध दर्शनको वाहक रहेको बताउनु भयो । उहाँले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताउनु भयो । उहाँले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताउनु भयो । उहाँले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताउनु भयो । उहाँले दान गर्नु धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यत्तिकै बुद्धले आफ्नो राजकाज छोडेका थिएनन्, यत्तिकै बुद्धले श्रीमती, घर परिवार छोडेका थिएनन्, सुविधा थियो होला त्यो छोडेका थिएनन्, केही सोच नै नभइकन, ज्ञान नै नभइकन घर कसैले छोड्छ । त्यत्तिकै ज्ञान नभइ दरबार छोड्छ । सबै त्याग कसरी गर्नुभयो उहाँले । नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको वाहक पनि हो । भारतका विभिन्न ठाउँमा गएर गर्नुभएको तपस्या, ध्यान, त्यहाँ उहाँले प्राप्त गर्नुभएको ज्ञान, त्यसलाई गर्नुभएको बिस्तार कम छैन ।’

अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताउनु भयो ।