५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः भारतलाई पाकिस्तानमा नखेलाउने आईसीसीको तयारी !



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिलाई पाकिस्तान पठाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई मनाउने काम आईसीसीलाई दिएको छ ।

कोलम्बोमा हालै बसेको आईसीसीको बैठकले च्याम्पियन्स ट्रफीको बजेट स्वीकृत गरेको थियो ।

आईसीसीले कुनै पनि परिस्थितिसँग जुध्न प्रतियोगिताको बजेटमा पूरक खर्च राखेको छ र यसमा भारतीय टोलीले पाकिस्तान बाहिर खेल्ने सम्भावना पनि समावेश गरेको छ ।

बीसीसीआईले सधैं पाकिस्तानमा क्रिकेट खेल्ने पूर्णतया भारत सरकारको निर्णय हो भनिरहेको छ । यसअघि पनि भारतले पाकिस्तानमा आयोजना हुने एसिया कपमा टोली पठाउन अस्वीकार गरेको थियो । त्यसपछि श्रीलंकामा हाइब्रिड मोडलका आधारमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

पीसीबीले च्याम्पियन्स ट्रफीको मस्यौदा तालिकामा भारतका सबै खेलहरू लाहोरमा आयोजना गर्न सुझाव दिएको छ जसमा भारत सेमिफाइनल र फाइनलमा पुगेको स्थितीमा समेत समावेश छ ।

पीसीबीले अब प्रतियोगिताको समयतालिकालाई अन्तिम रूप दिन र घोषणा गर्न र भारतीय टोली पाकिस्तान जाने कि नजाने भन्नेबारे बीसीसीआईबाट पुष्टि गर्न आईसीसीलाई जिम्मा दिएको छ ।