१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सरकारले आर्थिक कुटनीतिमा जोड दिनुपर्छ: सांसदहरु

सरकारले आर्थिक कुटनीतिमा जोड दिनुपर्छ: सांसदहरु
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले आर्थिक कुटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनीहरुले आर्थिक कुटनीति अघि बढाउनका लागि आवश्यक बजेटको समेत व्यवस्था नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले आर्थिक कुटनीतिलाई अघि बढाउनका लागि परराष्ट्र मन्त्रालयसँग बजेटको अभाव भएको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले बैदेशिक ऋण लिँदा उच्च शतर्कता अपनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद राणाले भन्नुभयो, ‘मन्त्रीज्युलाई म के आग्रह गर्न चाहन्छु भने परराष्ट्र मन्त्रालयमा अत्यन्तै कम बजेट भयो । इकोनोमिक डिप्लोमेसीको कुरा गर्दा हामी अगाडि बढ्न सक्दैन, जबसम्म प्रमोशनका निम्ति पैसा हुँदैन । इकोनोमिक डिप्लोमेसी भनेको के हो रु वैदेशिक लगानी, व्यापार, पर्यटन प्रवद्र्धन र फेरन एड, फरेन सर्पोट । यो चार वटा चिजलाई हामी इकोनोमिक डिप्लोमेसी भन्छौं । र यसको निम्ति पनि हामीले मार्केटिङ गर्न जरुरी छ । अहिलेको परिस्थितिमा जम्मा एक करोड रुपैँया त्यसका लागि छुटयाइएको रहेछ मन्त्रालयलाई । र, साँढे ४ करोड विभिन्न नियोगहरुलाई यो अत्यन्तै कम पैसा छ । यसमा यसमा अघि बढी ध्यान दिन पनि मन्त्रालयलाई म आग्रह गर्न चाहन्छु । हामीले कहिले एमसीसी, कहिले बीआरआई भनेर हामीहरुले जिज्ञासा राखेका छौं । तर अहिलेको परिस्थितिमा हामीले सबैसँग सहयोग लिनुपर्छ । हामीले वैदेशिक ऋण लिँदा शतर्क हुनुपर्ने स्थिति मैले देख्छु । ’

नेकपा (एमाले)की सचेतक सुनिता बरालले परराष्ट्रसम्बन्धि निकायलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले स्थापनाको उद्देश्य अनुसार काम नगरेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

सांसद बरालले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयसँग आवद्ध भएर परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान छ । त्यसले नीतिगत काम गर्ने कुरामा उल्लेख्य भुमिका खेल्ने कुराको परिकल्पना गरिएको छ । साँच्चै भन्ने हो भने हामी सांसदहरु पनि परराष्ट्रको सबै कुरा जानकारी भएका हुँदैनौं । त्यो प्रतिष्ठानमार्फत हामीले धेरै ज्ञान प्राप्त गर्नुपर्ने हो, तर त्यसले स्थापनाको उद्देश्य अनुसार काम गर्न नसकेको होकि भन्ने अनुभुति छ । त्यसलाई थप व्यवस्थित बनाउने कुरामा र प्रभावकारी बनाउने विषयमा साँच्चै परराष्ट्र केही विषय सोध्नुपर्दा हाम्रो प्रतिष्ठान छ । त्यहाँ गएर अध्ययन गर्नसक्छांै । अथवा त्यहाँ गएर डकुमेण्ट हेर्नसक्छौं भन्नेगरी बनाउन आवश्यक छ जस्तो लाग्छ । यसमा मन्त्रीजीको ध्यान जाओस भनेर अनुरोध गर्न चाहन्छु । ’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले राजदुतहरुले परराष्ट्र मन्त्रालयको अनुमति बिना कसैसँग पनि भेट गर्न नपाउने व्यवस्थालाई कडाईका साथ लागू गराउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले कर्मचारीहरुले समेत राजदुतहरुलाई भेट्ने काम अराजकताको पराकाष्ट भएकाले त्यसको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । सांसद किरातीले भन्नुभयो,‘अब यहाँ विदेशी राजदुतहरुलाई भेट्दाखेरी परराष्ट्र मन्त्रालयको जानकारी अर्थात अनुमतिमा मात्रै भेटने भन्ने रहेछ । सोही अनुसारहरु मन्त्रीहरुमा त्यो लागू हुन लागेको जस्तो लाग्छ । तर दु:खको कुरा सांसदहरु, कर्मचारीहरुले खुसुखुसु भेट्छन् रे । यो सार्वभौम सत्तामाथिको अराजकता हो कि भन्ने मलाई लाग्छ– यस्तो विषय रोक्न आवश्यक छ जस्तो लाग्छ माननीय मन्त्रीज्यू । ’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले व्यापार घाटा कम गराउने कुरामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले नेपालमा रोजगारी मिल्नेगरी आर्थिक कुटनीतिलाई अघि बढाउन पनि सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।

सांसद सुवालले भन्नुभयो, ‘१७० देशमा १२५ देशसँग नेपालको व्यापार घाटा छ । सबभन्दा बढी भारतसँग नौ खर्ब हाराहारीमा व्यापार घाटा छ । के गर्ने हो रु अब यो आर्थिक कुटनीतिमा हामीले जोड दिनुपर्छ । अब दाल, चामल, तरकारी पनि हामीले भारतबाट किनेर ल्याएर हाम्रो आर्थिक कुटनीति कसरी सफल हुन्छ रु नेपालमा रोजगारी मिल्ने कुटनीति हामीलाई जरुरी छ । अर्को विदेश जानुअघि प्रधानमन्त्री र मन्त्रीहरुलाई यो समितिमा सुझाव लिनका लागि व्यवस्था गर्न जरुरी छ ।’

सांसद सुवालले प्रधानमन्त्री, मन्त्रीले विदेश भ्रमण गर्दाको एजेण्डाबारे संसदीय समितिमा अनिवार्य रुपमा छलफल हुने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो ।