२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगीले नै गरेका थिए पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या



अ+ अ-

काठमाडौँ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले गरेको प्रहरीको निष्कर्ष छ ।

पूर्वराज्यमन्त्री राय साउन ७ गते सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा मृत फेला परेका थिए ।

अनुसन्धानको क्रममा घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेका खुलेको छ । आरोपी राम उजेनले प्रहरीसँग हत्या गरेको स्वीकारेका छन् ।

पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा हत्या हुन गएको उनले बयानमा बताएका छन् । राम उजेनले आफू राज्यमन्त्री रायसँगै बस्दै आएको र घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्सेले हिर्काएर हत्या गरेको बताएका छन् । साथै उनले ,घटना हुनुअघि राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएको पनि बताएका छन् ।

यद्यपी, पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले बताए ।