९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सम्झौता



अ+ अ-

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका ललितपुरबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकाले सम्झौतापछि नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा पनि लगानी गर्नेछ ।

समारोहमा बैंकका सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम रहेकाले कार्यान्वनयमा चुनौती थपिएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बतानु भयो।  सो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनीकरण हुने नगर प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भयो ।