२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सम्झौता



अ+ अ-

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका ललितपुरबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकाले सम्झौतापछि नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा पनि लगानी गर्नेछ ।

समारोहमा बैंकका सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम रहेकाले कार्यान्वनयमा चुनौती थपिएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बतानु भयो।  सो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनीकरण हुने नगर प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भयो ।