हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा यस्तो पनि तरकारी छ, जुन तरकारीको मूल्य प्रतिकिलो १ लाख ३८ हजार (१ हजार युरो) पर्दछ । यो तरकारी गरिब त के धनीहरुले पनि किन्नुअघि साच्नुपर्ने हुन्छ । यसको खेती पहिले उत्तरी जर्मनीमा शुरू भयो र त्यसपछि यो बिस्तारै विश्वभर फैलियो ।
यति महंगो तरकारीको नाम हो, ‘हप शूट्स’ । यसमा रहेको फूललाई ‘हप कोन्स’ भनिन्छ । महँगो भएको कारण यो तरकारी कुनै बजार वा स्टोरमा सहजै देख्न पाइँदैन ।
‘हप शूट्स’ औषधीय गुणहरूले सम्पन्न हुन्छ, त्यसैले यो जडिबुटीको रूपमा पनि प्रयोग हुन्छ । दाँतको दुखाइमा यो धेरै प्रभावकारी छ । यसबाहेक, क्षयरोग जस्ता गम्भीर रोगको उपचारमा पनि यसको प्रयोग गरिन्छ । यसमा एन्टिबायोटिक गुणहरू पाइने बताइएको छ ।
यसलाई काँचै पनि खान सकिन्छ । यद्यपि यसको स्वाद एकदम कडक हुन्छ । यसको फलहरूलाई सलादको रूपमा प्रयोग गरिन्छ भने अचार पनि बनाउन सकिन्छ, जुन धेरै स्वादिलो र खानका लागि लाभदायक हुन्छ ।
वास्तवमा यसको फूल बियर बनाउन प्रयोग गरिन्छ भने बाँकी फलहरू खानाको रूपमा प्रयोग हुन्छन् । ८०० ईस्वीतिर यसलाई बियरमा मिसाएर मानिसहरूले पिउँथे र यो प्रवृत्ति अझै चलिरहेको छ ।