३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आइएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने “ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।

जारी युनिटको ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकि ६० प्रतिशत अर्थात २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।