२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियोः पूर्वअर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताउनु भयो ।

उहाँले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताउनु भयो । उहाँले माग भन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री महतले शेयर बजार,जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सिमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदरमा सहजता आएको बताउनु हुँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरुलाई खुकुलो गर्नुपर्ने बताउनु भयो ।

उहाँले कर्जामा अनउत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनःविचार गर्न आवश्यक रहेको बताउनु भयो ।