२ भाद्र २०८३, मंगलवार
,
Latest
औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायरबार्ले मार्फत इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स् सेवा थप ६ वटा देशबाट सुरू



अ+ अ-

काठमाडौं । इसेवामनि ट्रान्सफर र वायरबार्ले बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा सहजै रकम पठाउन सकिन्छ । 

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८,००० बन्दा धेरै एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिन्छ । यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 

वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एशिया प्रशांत क्षेत्रमा मोबाइल÷अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ । वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनीहो र यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा रहेको छ । यस कम्पनीले छिट्टै नै  जापान, फिलिपिन्स्  लगायतका मुलुकमा सेवा विस्तार गर्दै छ । 

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउदा सुरक्षित, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर प्राप्त गर्नुका साथै समयको बचत गर्न सहयोग मिलेको छ ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताउनु भयो ।