२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई निर्माण व्यवसायी महासंघको सम्मान

उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई निर्माण व्यवसायी महासंघको सम्मान
अ अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको छ ।

विहिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याहरु बारे जानकारी गराए । नेपाल उद्योग वाणिज्य महासंघको विगतको नेतृत्वले निर्माण व्यवसायीका समस्याहरु समाधान गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष सिंहले अब त्यस्तो परिस्थिति नदोहोरिने विश्वास व्यक्त गरे ।

सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने अध्यक्ष सिंहले बताए । “निजी क्षेत्रमाथि चारैतिरबाट औला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरुबीच सहकार्यको विकल्प छैन्” अध्यक्ष सिंहले भने । सरकारले निजी क्षेत्रलाई आफ्नो स्वार्थ अनुसार प्रयोग मात्र गर्दै आइरहेको आरोप सिंहले लगाए ।

कोभिड–१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक पटक पत्रचार गर्दा पनि कुनै सुनुवाई नभएको सिंहले बताए । निर्माण व्यवसायी महासंघको मागलाई सम्बोधन गर्ने विषयमा अब उद्योग वाणिज्य महासंघले पनि ठोस पहल गर्ने विश्वास उनले व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए । निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको स्वीकार गरे । नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघ जस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए ।

महासंघलाई अझ सुदृढ संस्थाको रुपमा विकास गर्न “भिजन पेपर” निर्माणको तयारी भइरहेको भन्दै उनले आवश्यक सरसल्लाह दिन आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए ।

विकास बजेटको सबैभन्दा बढी भार बोक्ने क्षेत्र निर्माण व्यवसाय नै रहेको जानकारी गराउँदै पाण्डेले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ८ लाख बढीलाई निर्माण व्यवसयाले नै रोजगारी दिएको बताए । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको उनको तर्क थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले महासंघको संक्षिप्त चिनारी प्रस्तुत गर्दै पूर्वाधार विकासको क्षेत्रमा निर्माण व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ सँगको सम्बन्धलाई नेपाल निर्माण व्यवसायी महासंघले उच्च महत्व दिएको बताउँदै उनले आपसी सहकार्यबाट मात्र निजी क्षेत्रको समस्या समाधान गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सल्लाहकारहरु रमेश शर्मा, विरेन्द्रराज पाण्डे, ग्याल्जे शेर्पालगायतले उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका सल्लाहकार सुकुन्तलाल हिराचन उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित भएका छन् ।