• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस



काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नो ९७ औं वार्षिकोत्सव मनाएको छ ।

चिनियाँ दूतावासले र्‍याडिसन होटलमा विशेष कार्यक्रमका साथ आफ्नो सेनाको ९७ औं वार्षिकोत्सव मनाएको हो ।प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा गृहसचिव एकनारायण अर्याल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,लगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि,सैनिक सहचारी, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्व,पत्रकार,राजनीतिज्ञ लगायत सो कार्यक्रममा सहभागी थिए ।