२ आश्विन २०८१, बुधबार
,
Latest
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर



अ+ अ-

दमौली । यहाँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन् ।

एक वर्ष अवधिमा ६५ जिल्लाबाट भक्तजन छाब्दीवाराही आएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोषको तथ्याङ्क अनुसार पाँच लाख बढी भक्तजन यहाँ आएका छन्, ६५ जिल्लाबाट भक्तजनको आगमन भएको छ ।”

छाब्दीवाराही मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ भक्तजन आउने गरेको थापाको भनाइ छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको छ ।

साउन महिना पूरै र प्रत्येक महिनाको एक दिन औंसी र दुई दिन एकादशीका दिन मन्दिरमा पूजाआजा बन्द हुने गरेको छ । छाब्दीवाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।

मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र आंैशी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीबाराही मन्दिर पुग्न कालोपत्र सडकको व्यवस्था छ ।

मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बली दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणको रुपमा रहेको छ ।

मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रबद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।