४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री

प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री
अ+ अ-

काठमाण्डौ। प्रहरी वृत्त नयाँ बानेश्वर र सो वृत्त मातहत रहेका प्रहरी प्रभाग कोटेश्वर र प्रहरी प्रभाग काँडाघारीमा सञ्चालनमा रहेका १० वटा कन्ट्रोल रुम भेहिकल्स (सिआरभि) प्रहरी भ्यानमा राख्नको लागि एभरेस्ट अस्पताल प्रालि नयाँ बानेश्वरले १० वटा प्राथमिक उपचार बाकस प्रदान गरेको छ ।

हाल प्रहरी वृत्त नयाँबानेश्वरमा ५, प्रहरी प्रभाग कोटेश्वरमा २ र प्रहरी प्रभाग काँडाघारीमा ३ गरि १० वटा सिआरभि सञ्चालनमा रहेको छ ।

ती सिआरभि गाडीमा रहेका प्राथमिक उपचार बाकस पुरानो भएको र बाकसमा बाँकी रहेका केही औषधिहरु पनि म्याद नाघेर नस्ट गरिएकोेले एभरेस्ट अस्पतालले प्रहरी वृत्त नयाँ बानेश्वरलाई प्राथमिक उपचारमा आवश्यक पर्ने औषधिसहितको १० वटा प्राथमिक उपचार बाकस प्रदान गरेको हो ।

सडक दुर्घटना लगायत विभिन्न घटना र दुर्घटनामा उद्धारको लागि सबैभन्दा पहिला प्रहरी पुग्ने भएकोले उद्धारमा जाने ती सिआरभि गाडीहरुमा उद्धार र पहिलो उपचारको लागि तत्काल चाहिने सामान्य औषधिहरु, घाउ चोटमा लगाइने घाउ टेप, बेटाडिन, कपास, ब्याण्डेज, डिटोल, सिटामोल लगायतका प्राथमिक उपचारका औषधि रहेको छ ।

घाइते तथा विरामीलाई सिआरभि गाडीमै तत्काल प्राथमिक उपचार गरि थप उपचारको लागि अस्पताल पुर्याउँदा उनीहरुलाई केही हदसम्म भएपनि बचाउन सघाउ पुग्ने प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले बताए ।

एभरेस्ट अस्पताल नयाँ बानेश्वरमा आइतबार आयोजना गरिएको एक कार्यक्रममा सो अस्पतालका प्रशासन विभाग प्रमुख दिपक चन्द्र बरालले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीलाई ती १० वटा प्राथमिक उपचार बाकस हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राई, प्रहरी प्रभाग काँडाघारीका प्रमुख, प्रहरी निरीक्षक श्यामकुमार कटुवालको साथै एभरेस्ट अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।