• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo
Latest
★   नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु, अवस्था नियन्त्रणमै ★   सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने ★   संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने ★   दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने ★   सुनिता विलियम्सलाई नलिई बोइङको स्टारलाइनर आइएसएसबाट पृथ्वीमा फर्कने ★   टिकटकको प्रतिबन्ध हटाउन निर्देशन ★   आमा–छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी ★   गैँडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक र चौकीदार घाइते ★   केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु ★   ‘मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा’

प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री



काठमाण्डौ। प्रहरी वृत्त नयाँ बानेश्वर र सो वृत्त मातहत रहेका प्रहरी प्रभाग कोटेश्वर र प्रहरी प्रभाग काँडाघारीमा सञ्चालनमा रहेका १० वटा कन्ट्रोल रुम भेहिकल्स (सिआरभि) प्रहरी भ्यानमा राख्नको लागि एभरेस्ट अस्पताल प्रालि नयाँ बानेश्वरले १० वटा प्राथमिक उपचार बाकस प्रदान गरेको छ ।

हाल प्रहरी वृत्त नयाँबानेश्वरमा ५, प्रहरी प्रभाग कोटेश्वरमा २ र प्रहरी प्रभाग काँडाघारीमा ३ गरि १० वटा सिआरभि सञ्चालनमा रहेको छ ।

ती सिआरभि गाडीमा रहेका प्राथमिक उपचार बाकस पुरानो भएको र बाकसमा बाँकी रहेका केही औषधिहरु पनि म्याद नाघेर नस्ट गरिएकोेले एभरेस्ट अस्पतालले प्रहरी वृत्त नयाँ बानेश्वरलाई प्राथमिक उपचारमा आवश्यक पर्ने औषधिसहितको १० वटा प्राथमिक उपचार बाकस प्रदान गरेको हो ।

सडक दुर्घटना लगायत विभिन्न घटना र दुर्घटनामा उद्धारको लागि सबैभन्दा पहिला प्रहरी पुग्ने भएकोले उद्धारमा जाने ती सिआरभि गाडीहरुमा उद्धार र पहिलो उपचारको लागि तत्काल चाहिने सामान्य औषधिहरु, घाउ चोटमा लगाइने घाउ टेप, बेटाडिन, कपास, ब्याण्डेज, डिटोल, सिटामोल लगायतका प्राथमिक उपचारका औषधि रहेको छ ।

घाइते तथा विरामीलाई सिआरभि गाडीमै तत्काल प्राथमिक उपचार गरि थप उपचारको लागि अस्पताल पुर्याउँदा उनीहरुलाई केही हदसम्म भएपनि बचाउन सघाउ पुग्ने प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले बताए ।

एभरेस्ट अस्पताल नयाँ बानेश्वरमा आइतबार आयोजना गरिएको एक कार्यक्रममा सो अस्पतालका प्रशासन विभाग प्रमुख दिपक चन्द्र बरालले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीलाई ती १० वटा प्राथमिक उपचार बाकस हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक दलकुमार राई, प्रहरी प्रभाग काँडाघारीका प्रमुख, प्रहरी निरीक्षक श्यामकुमार कटुवालको साथै एभरेस्ट अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।