२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यकः अध्यक्ष यादव



photo : rss
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताउनु भयो ।

उहाँले संविधान घोषणा भएको समयमा मेचीदेखी महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान पूर्ण नरहेको बताउनु भयो ।

उहाँले ३ सय भन्दा बढी संशोधन प्रश्तुत भएपनि संशोधन नै नगरी घोषणा गरिएको बताउनु भयो । उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संविधान संशोधनको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकको राजनीतिक अवस्था डिलमै पुगिसकेको छ । कहिले कहीँ चिन्ता हुन्छ, अब यि ठूला दलको संयुक्त सरकार असफल भए, यो सहकार्य लामो गएन भने त्यसपछिको विकल्पहरु कति दुःखद् र पीडादायी होला । यो ठूलो चुनौति रहेको छ । मुलुक त्यसबेला ठूलै राष्ट्रिय संकटतर्फ जानसक्छ । संकटतर्फ नजाओस् भन्ने हाम्रो चाहना हो । संविधान संशोधनको सवाल अति महत्वपूर्ण सवाल हो । यो संविधान घोषणा भएको समयमा मेचीदेखी

महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान हो । संविधान सभामा ३ सय भन्दा बढी संशोधन प्रश्तुत भएका थिए, छलफल नगरीकन घोषणा गरियो । यो संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संशोधनको आवश्यकता छ ।’

अध्यक्ष यादवले संविधान संशोधन सार्थक रुपले अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै