२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै प्रतिपक्षको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दलहरुले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।

आईतवारको आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दलका सांसदहरुले उपसभामुखप्रति मिडिया ट्रायल भएको बताएका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि उपसभामुखमाथि आरोप लगाएर चरित्रहत्या गर्ने काम भएको बताउनु भयो ।

उहाँले मान्छेको चरित्र हत्या गर्ने काममा संसदले न्याय दिनुपर्ने बताउनु भयो । उहाँले राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिने बताउनु भयो । उहाँले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि आरोप लगाइएको भए प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुखको विषय अहिले भर्खर आयो । एक वर्षअघिको कुरा र खासगरी राजनैतिक र नैतिक प्रश्न यो हो । यसलाई स्वीकार गर्नुपर्छ ।

संवैधानिक परिषद्मा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ त्यसलाई हाइलाइट गरिएको छ, यदी साँच्चै त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारको प्रति, आफ्नो चरित्रहत्या गर्नेकाप्रति यो संसदले पनि न्याय गर्नुपर्छ । राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात केके निर्णय गर्न परेको छ, त्यो उद्देश्यबाट प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्दछौँ ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले आचरणको कुरा गर्ने हो भने सबै सांसदको आचरण हेर्नुपर्छ भन्दै आक्रोश व्यक्त गर्नुभयो । उपसभामुखमाथि छानबिन गर्ने भए पार्टी पनि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुख इन्दिरा रानाको नामबाट जुन मिडिया ट्रायल भइरहेको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु । यदी साँच्चै नै गर्ने हो भने पहिला बुझौँ । यदी हामीले आचरणको कुरा गर्छौं भने ल गरौँ । सबै जनाको आचरण हेरौँ । सबै जनाको लेटरप्याडबाट केके निस्किएको छ हेरौँ । तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल ग¥यो, मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईंले डिक्लियर गर्नुभयो । डिक्लियर गर्नुुस् न त भूटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ । एउटा महिला जसले डिफिकल्ट टायमबाट यहाँ आउनुभएको छ, उहाँलाई हेप्न नखोज्नु होला । एक वर्षअघि देखि हातमा पत्र बोकेर बस्नुभएको रहेछ त कुन बेला ठोकौँ भनेर । यो छानबिन गर्ने भए गरोस्, पार्टी पनि तयार छ ।’

उहाँले आफूहरु चरित्र हत्याको लागि तयार नरहेको बताउनु भयो ।