९ श्रावण २०८३, शनिबार
,
Latest
गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा विद्यमान गरिवी हटाउने गरी आवश्यक कार्यक्रम तत्काल ल्याउँछौं: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान गरिवी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिवी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग सरकारले तत्काल समन्वय र सहकार्यको कामलाई अघि बढाउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्नेछौं । यस बाहेक निरपेक्ष गरिवी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्नेछौं । र, त्यसको सुझावको आधारमा कार्यक्रम तर्जुमा गर्नेछौं । सडकमा बालबालिकाको बेहाल हुन नदिन हामीले मन्त्रीपरिषदबाट हामीले निर्णय गरिसकेका छौ । जुनसुकै भुगोलमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न दिइन्न ।’

प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाहरुलाई बेहाल हुन नदिनका लागि आफूले मन्त्रीपरिषद्को पहिलो बैठकबाट नै आवश्यक निर्णय गराएको स्मरण गराउनु भयो ।