१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै

सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ: अर्थमन्त्री पौडेल

सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ: अर्थमन्त्री पौडेल
file photo
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

शनिवार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रवन्ध गरिने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताउनु भयो । उहाँले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताउनु भयो । उहाँले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । पछिल्ला दिनहरुमा चार्टड एकाउन्टेण्ट सरकारका संवद्ध निकायहरुमा चार्टड एकाउन्टेण्टको दरबन्दी प्रवन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरु उठिरहेका छन् । छलफल चलिएरहेको छ । हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ । त्यो गुणस्तर कायम गर्नको लागि राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ । त्यो प्रवन्धका साथ सरकारले लेखापरीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरु आइरहेका छन् । त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ । केही समय लाग्नसक्छ । यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महशुस गरेको बताउनु भयो । उहाँले सरकारले सरकारी निकायहरुमा लेखापरीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पुर्‍याएको योगदान लोभ लाग्दो रहेको बताउनु भयो ।

उहाँले चार्टर्ड एकान्टेण्टसंस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताउनु भयो ।