१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्य श्रेष्ठ सम्मानित



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित हुनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले  श्रेष्ठलाई सम्मान गरेको हो । 

लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भयो । वहाँले भन्नु भयो,खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्छ । कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भए पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउदै आएका बताए । 

सम्मान कार्यक्रममा संस्थाले एसइइ उत्रिणा गरेका बिद्यार्थीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,ब्यापारी तथा समाज सेवी झलक मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।