३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा हिंसा भड्किएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन् ।

हिंसात्मक आन्दोलन सुरु भएपछि करिब ८ सय नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले आज राति सामाजिक सञ्जालमार्फत् ती विद्यार्थी स्वदेश फर्किएको जनाएको हो ।

उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले जनाएको छ ।

‘हालसम्म झन्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयले भनेको छ, ‘ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरेको छ ।’

यसैगरी ढाकास्थित दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकाय र कानुन प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि अन्य देशले पनि आफ्ना नागरिक धमाधम स्वदेश फर्काउँदै आएका छन् ।