९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

युक्रेनी पूर्व सांसदको गोली हानी हत्या

युक्रेनी पूर्व सांसदको गोली हानी हत्या
अ अ+ अ-

एजेन्सी । युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।

युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गर्नुभएको थियो ।

रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उहाँ विवादमा तानिनुभएको थियो ।

“गोली लागि सख्त घाइते हुनुभएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ,” एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उहाँको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन। यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।”

युक्रेनको महान्यायाधिवक्ताको कार्यालयका अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ७ः३० बजे एक अज्ञात बन्दुकधारीले फारियनलाई गोली हानेको अनुमान गरिएको छ ।

टाउकोमा गोली लागेको अवस्थामा गम्भीर अवस्थामा उहाँलाई अस्पताल लगिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार फारियनको हत्या भएको खबर प्राप्त भएको र उपलब्ध सबै निगरानी क्यामेराको जाँच भइरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सबै अनुसन्धानात्मक कार्यहरू जारी छन् । अनुसन्धानका लागि रूसतर्फ जाने नाकामा पनि सुरक्षा जाँचलाई कडा पारिएको छ ।

फरियन एक प्रशिक्षित भाषाविद् र युक्रेनी भाषाको सबैभन्दा मुखर रक्षकमध्ये एक हुनुहुन्थ्यो । उहाँले रूसी युक्रेनियनहरू बोल्ने सैनिकहरूलाई ‘कोलाउन’ नसक्ने बताएपछि एल्भिभ विश्वविद्यालयमा प्रोफेसरको रूपमा आफ्नो जागिर गुमाउनुभएको थियो भने अदालतको फैसलापछि उहाँलाई पुनर्बहाली गरिएको थियो ।