१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

बंगलादेशमा कर्फ्यू, आरक्षणविरुद्धको प्रदर्शनमा हालसम्म १०५ जनाको मृत्यु

बंगलादेशमा कर्फ्यू, आरक्षणविरुद्धको प्रदर्शनमा हालसम्म १०५ जनाको मृत्यु
अ अ+ अ-

एजेन्सी । बंगलादेशमा सरकारी जागिरमा आरक्षण पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध हिंसा जारी छ ।

यसलाई नियन्त्रण गर्न सरकारले देशभर कर्फ्यू लगाएको छ । प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादेरले गएराति कर्फ्यू लगाउने घोषणा गरेका हुन् । उनले हिंसा नियन्त्रणका लागि सेना परिचालन गरिएको बताए ।

प्रदर्शनकारीमाथि शुक्रबार प्रहरी र सुरक्षाकर्मीले गोली चलाएका थिए । मिडिया रिपोर्टहरूले भनेका छन् कि १०५ जनाको मृत्यु भएको छ ।

यसअघि बिहीबार सयौं प्रदर्शनकारीले बीटिभी कार्यालयको क्याम्पसमा प्रवेश गरी ६० भन्दा बढी सवारीसाधनमा आगजनी गरेका थिए ।

बंगलादेश १९७१ मा स्वतन्त्र भयो । बंगलादेशी पत्रिका द डेली स्टारको रिपोर्टका अनुसार त्यहाँ यसै वर्षदेखि ८० प्रतिशत कोटा प्रणाली लागू भएको थियो । यसमा स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत, पिछडिएका जिल्लालाई ४० प्रतिशत र महिलालाई १० प्रतिशत रोजगारीमा आरक्षण दिइएको छ । सामान्य विद्यार्थीका लागि मात्र २० प्रतिशत सिट राखिएको थियो ।

१९७६ मा, पिछडिएका जिल्लाहरूको लागि२० प्रतिशत आरक्षण बढाइयो । यसले सामान्य विद्यार्थीहरूको लागि ४० प्रतिशत सिट छोडेको छ । १९८५ मा, पिछडिएका जिल्लाहरूको लागि आरक्षणलाई १० प्रतिशत र अल्पसंख्यकहरूको लागि ५ प्रतिशत कोटा थपियो । यसले सामान्य विद्यार्थीका लागि ४५ प्रतिशत सिट छोडेको छ ।

४ महिनाको विद्यार्थी आन्दोलनपछि सन् २०१८ मा हसिना सरकारले कोटा प्रणाली खारेज गरे पनि गत महिना जुन ५ मा सर्वोच्च अदालतले पुनः आरक्षण दिन सरकारलाई आदेश दिएको थियो । अदालतले भनेको छ कि आरक्षणलाई २०१८ पहिले जस्तै लागू गरिनुपर्छ ।

शेख हसिना सरकारले सर्वोच्च अदालतको यो निर्णयविरुद्ध अपिल पनि गरेको थियो तर सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई कायम राखेको थियो । यसले विद्यार्थीहरु आक्रोशित भएका छन् । अहिले त्यसको विरोधमा देशैभर आन्दोलन भइरहेको छ ।