७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रावण महिनाको सम्बन्ध : श्रवण, प्रकृति र परमात्मासँग



अ+ अ-

श्रावण महिना आरम्भ भइसकेको छ । वैदेशिक खगोलीय अवधारणाअनुसार सूर्यको राशी परिवर्तन यानी अर्को राशिमा संक्रमण गर्नु । सूर्यको दक्षिणतर्फ गमन हुनु । मिथुन राशिबाट सूर्य कर्कट राशिमा प्रवेश गरेसँगै दक्षिणायन आरम्भ हुन्छ र सोही दिनलाई श्रावरण संक्रान्ति भनिन्छ । वैदिक सनातन धर्ममा श्रावण महिनाको विशेष महत्व छ । श्रावण महिनालाई मासोत्तमा पनि भन्ने गरिन्छ ।

श्रावण महिनामा श्रवणको महत्व

वैदिक सनातन धर्ममा श्रावण महिनालाई एक वर्षको रुपमा मनाइन्छ । हरिशयनी एकादशी पश्चात् श्रावण महिनाको बढी महत्व रहन्छ, यसको मुख्य कारण चातुर्मास पनि हो । श्रावण महिनाभर भगवान शिवका भक्त उनकै भक्तिमा लिन हुन्छन् । वैदिक धर्मशास्त्रमा श्रावण महिनामा भगवान शिवको पूजा, उपासना गर्नाले भगवान भोलेनाथ प्रसस्त भइ आफ्नो भक्तका सबै संतृप्त नाश गर्ने विश्वास रहेको छ । श्रावण महिनामा पठन–पाठन र श्रवणका लागि सोमबार खास महत्व रहन्छ । वैदिक ज्योतिषी पात्रो ‘पञ्चाङ्ग’अनुसार यस महिना पूर्णिमामा चन्द्रमा श्रवण नक्षेत्रमा हुने । श्रवण नक्षत्रको स्वामी बृहस्पति ग्रह हुने हुनाले यस महिनामा भगवानका स्वरुपका बारेमा सुन्नाले मनमा विकार हरण हुने विश्वास गरिन्छ । धार्मिक ग्रन्थ श्रवण गर्न विशेष महत्व रहेको पाइन्छ । श्रवरणको अर्थ सुन्नु हो । यसैले श्रावण महिनामा सत्सङ्ग, प्रवचन र धर्मोपदेश सुन्नाले शुभ फल यानी पुण्य प्राप्ति हुने मान्यता छ । श्रावण महिना शिव र प्रकृतिमा समर्पित श्रावण महिना भक्ति र शक्तिका दृष्टिले उत्तम मानिन्छ ।

प्राचीन समयमा साधु, सन्त, महात्मा र संन्यासी यात्रा नगरी एकै ठाउँमा रही कथा सुन्नका, सत्वोनाम सुन्नका र जीवनको रहस्य सम्झने प्रयास गर्दथे । सांसारिक प्रपञ्चबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउँथे । श्रवणको महत्व किन ? यसको विषयमा स्कन्द पुराणमा स्वयम् भगवान शिव भन्नुहुन्छ– सनत कुमरसँग वर्षको द्वादश महिनामध्ये श्रावण मास प्रिय ।

द्ववादशस्वपि मासेषु श्रावणो मेतिवल्लभ:।
श्रवमाहँ मन्माहात्म्यं तेनासौं श्रवणो मत:।।
–स्कंद पुराण, महादेव – सनत कुमार संवाद

यसको महात्म्य (अभिप्रायपूर्ण) श्रवण गर्न योग्य हो । त्यसैले यसलाई श्रावरण महिना भनिन्छ । यस श्रवण शब्दको दुई अर्थ रहन्छ । एक अर्थ श्रवण नक्षेत्र जो आशामा देखिन्छ । दोस्रो श्रवणको अर्थ सुन्नु । यसैले यी दुई आधारमा यस महिना सर्वाधिक प्रिय मानिन्छ । स्कंद पुराणमा यसको पुष्टि गर्दछ ।

श्रवणक्षँ पौणमास्यां ततोपि श्रावरण: स्मृत:।
यस्य श्रवणमात्रेण सिद्धि: श्रावणोप्यत:।।
– स्कन्द पुराण

जति पनि महिनाको नामाकरण भयो, ती सबै पूर्णिमाको दिन चन्द्रमा कुन नक्षेत्रमा छ, उसको आधारमा बाह्र (द्वादश) महिनाको नाम दिइएको छ । जस्तै– पूर्णिमामा चन्द्रमा श्रवण नक्षेत्रमा भए श्रावण महिना, पूर्णिमामा चन्द्रमा कृतिका नक्षेत्र नभए कात्तिक महिना र पूर्णिमामा चन्द्रमा चित्रा नक्षत्रमा भए चैत महिना । यहाँ जुन महिना पूर्णिमामा चन्द्रमा जुन नक्षेत्रमा हुन्छ– पूरा महिना उही नक्षत्रको एनजी ज्यादा एक्टिभ हुन्छ । श्रावण महिनामा श्रवण नक्षेत्रको एनर्जी बढी हावी हुन्छ ।

श्रवण नक्षेत्रमा चन्द्रमा रहने र यस समयको दौरान व्यक्तिमा शास्त्रप्रति रुची हुने । वेदान्तमा सुन्नुलाई एक गणनाङ्क मुख्य एक साधना मानिन्छ । यो बताइएको छ कि परमात्मा, वेद सिर्फ श्रवणबाट नै जान्न सकिन्छ । यस कारणले गणनाङ्क हस्तान्तरण हुन्थ्यो । त्यो पनि श्रवणेन्द्रियद्वारा श्रवण गरेर गणनाङ्क प्राप्त हुन्थ्यो । हाम्रो पुरातन संस्कृतिको जान्ने वाला ऋषिगण धर्म गणनाङ्क हाम्रो अन्तस्करणसम्म स्वभाविक ढंगले मिलोस् भन्नका निमित्त श्रावरण महिनामा सबैभन्दा ज्यादा कथा, प्रवचन, वार्ता र सत्संगको आयोजना गर्ने गर्दथे ।

साथै उपवासद्वारा हाम्रो अन्दर संयमको गुण विकसित हुने त्यसैले श्रावण महिनामा उपवास गर्ने गरिन्छ । एकाग्र भएर सुन्नाले व्यक्ति वैचारिक, आध्यात्मिक तथा भावनात्मक उत्थानतर्फ अग्रसर हुन्छ । निश्चित रुपले ज्ञान प्राप्तिका लागि पहिलो चरणको श्रवण हो ।

श्रावण महिनामा प्रकृतिको महत्व

श्रावण महिना आफैंमा हर एक दिन सबेर नयाँ नूर देखिन्छ । समस्त दिन धार्मिक रंग र आस्थामा डुब्ने गर्दछ भने अर्कोतर्फ प्रकृतिको उत्सव । शास्त्रमा श्रावण महात्म्यबारेमा विस्तारपूर्वक उल्लेख मिल्छ । श्रावण महिना आफैंमा एक विशिष्ट महत्व राख्छ । श्रवण नक्षेत्र र सोमबारसँग भगवान शिवको गहिरो सम्बन्ध हुनुमा प्रकृतिको गहन भूमिका रहन्छ ।

यस महिनामा प्रत्येक दिन पूर्णताका लागि हुने हुँदा धर्म र आस्थाको अटुट गठबन्धन यस महिनामा देख्न सक्छौं । यस श्रावण महिनामा हर दिन ब्रत, जप, ध्यान, ग्रन्थ, श्रवण, पूजापाठका लागि विशेष महत्वपूर्ण मानिन्छ । वैदिक पञ्चाङ्गअनुसार सबै महिनामा कुनै न कुनै देवताको साथ सम्बन्धित देख्न सकिन्छ । यस प्रकार श्रावण महिना भगवान शिवको साथ देख्न सकिन्छ ।

यस महिना आशाको मूर्तिको समय मानिन्छ । जस प्रकार प्रकृति ग्रीष्म ऋणको आघात सहँदै उस श्रावणको बौछार (वर्षा)बाट आफ्नो प्यास बुझाउँदै असिम तृप्ति एवम् आनन्द प्राप्ति मिल्ने उही प्रकार प्राणिका इच्छाको शून्यताको (सन्नाटा)हेतु यस महिना भक्ति र मूर्तिको अनौठो संगम देखिन्छ । सबै प्राणी अतृप्त इच्छा पूर्ण गर्नका लागि भगवान शिवमा लिन भई ध्यान ल गाउन कोशिस गर्दछन् ।

यस श्रावण महिनामा भगवान शिवको अतिप्रिय हो । भगवान शिव स्वयम् प्रकृतिमा समर्पित साउन भक्ति, शक्ति र श्रवणका दृष्टिले उत्तम रहन्छ । धर्मग्रन्थका अनुसार यस महिनामा विधिपूर्वक शिव उपासन गर्दाले मनोवाञ्छित फल प्राप्ति हुने विश्वास छ । यस महिना भक्ति, आराधना र प्रकृतिमा नयाँ रंग देख्न सकिन्छ । श्रावणको रिमझिम वर्षा र प्राकृतिक वातावरणले अन्ततोगत्वा मनमा उमंग भरिदिन्छ । श्रावण महिना पूर्णरुपले प्रकृति, परमात्मा र आध्यात्मिक चिन्तानका लागि त्रिवेणीधाम भन्नमा केही अतिशयोक्ति छैन ।

धर्तीमा छाएको हरियाली र आकाशमा मेघमालाका बीच श्रावणी संस्कार बनाइ वर्षा हुन्छ । यस महिना धर्ती र सूर्यको खगोलीय सम्बन्ध पृथ्वीमा पर्ने अन्तरग्रहिय प्रभाव यस महिनाको खास विशेष आलंकृत गर्दछ । श्रावण महिना प्रकृतिको समृद्ध बनाइ दिन्छ । वाह्य प्रकृति एवम् पर्यावरण यस महिना सन्तुलित हुनका साथै समृद्धि हुन्छ अन्य महिनाको तुलनामा ।

मानव स्वभाव अन्त प्रकृति, पर्यावरण साथै शृङगारका लागि यस महिना महत्व ज्यादा रहन्छ । श्रावण–भाद्रमा वर्षा धेरै हुने हुँदा गर्मीमा सितलता प्राप्त हुन्छ । यसरी नै मनको जो अचैतन्य (आत्माविस्मृति), दर्द आदि समस्याहरु ज्ञानका श्रवण गर्नाले मनमा सन्तोष या तृप्ति हुने । ज्ञानका अभिषेक हुनका साथै मनको उपर शान्ति र शितला मिल्छ । यसरी नै तप्त धर्तीमा वर्षा हुने हुँदा धर्तीमा शितलता रहने साथै फलफूलमा नयाँ उर्जा रुपान्तरित हुने, वृक्षमा पात, फल, फूल सबै नयाँ लाग्न थाल्छ । वर्षाले धर्तीमा कृषि कार्यमा, वनस्पति, कृषि उत्पादन, खेतीपातीमा अभिष्ट भूमिका गर्छ ।

नेपाली अर्थ व्यवस्थामा कृषिको महत्वपूर्ण स्थान राख्ने हुनाले कृषि हाम्रो देशको जिविकोपार्जनका एक मात्र साधन हो । यहाँ वर्षा मौसमी हुने गर्छ । श्रावण महिनाको अर्को पक्ष अध्यात्मक विद्याका विशेषज्ञका अनुसार यस महिनाको अनेक प्रकारका धर्माचारण, अनु्ष्ठान एवम् तपक्षका विधान बनाइएको पाइन्छ । अध्यात्म तत्व जिज्ञासुका लागि श्रावण महिना पल–प्रति–पल महत्व राख्छ ।

आध्यात्मिक जीवन शैली अपनाउनु व्यक्तिलाई संकल्पवान बनाउँछ । यस संस्कार जति प्रवल भयो, त्यति नै संकल्प शक्ति विकसित हुन पुग्छ । श्रावण पूर्णिमाको दिन पूरा सालभरिको अध्यात्मिक अनुशासनको सन्तुलन कायम राख्न मुख्य सहायक सिद्ध हुन्छ । महानताको महाशिखर चढ्नका लागि महासंकल्प गर्ने धार्मिक मान्यता छ । अन्तचेतनामा शुभ संस्कारको नयाँ विरुवा उभिन्छ ।

संस्कार एवम् संकल्प यी दुवै तत्व जो व्यक्तित्वमा समृद्धि र पुण्यको विकसित गर्छ । यी चिजहरु अबलम्बन, आश्रय एवम् अनुपालनबाट नै व्यक्ति ऋणि बन्न पुग्छ भने जीवनशैलीको समूचा ढाँचा खडा गर्दछ । यदि उत्कृष्ट जीवनशैलीमा अभाव देखिएमा यसका कारण के हुनसक्छन् कि ऋषित्वको लोप हुनु । बढ्दा मानसिक बिमार पर्यावरण संकट, अभाव, सफलताले जीवन सन्तुलन बन्न पग्ने छ ।

व्यक्ति आफ्नो वास्तविक धराहर भुल्न पुग्छ । संस्कार मानवीय व्यक्तित्वको एवम् मानवीय समाजको एक प्रमुख व्यवस्था कायम गर्न ऋषिचेतना एवम् चिन्तन जागृत गर्नुपर्ने हुन्छ ।

श्रावणमा शिवलिंगमा जलाभिषेको महत्व

वैदिक सनातन धर्ममा श्रावण महिनाको महिमा विशेष महत्वपूर्ण छ । यस पावन महिनामा भक्त भगवानले शिवको पूजा आराधनामा रम्ने गर्दछन् । अक्सर जलाभिषेक या रुद्राभिषेक सालको कुनै पनि समयमा गर्न लाभदायक मानिन्छ भने यस वापत महिनामा यसको महत्व कयौं गणना अधिक शुभफलदायक मानिन्छ । यस श्रावण महिनामा सोमबार र नाग पञ्चमीका दिन जलाभिषेक यानी रुद्राभिषेक महत्वपूर्ण मानिन्छ ।

यस पावन महिनामा शिवभक्त ज्योतिर्लिङगको दर्शन एवम् जलाभिषेक गर्नाले अश्वमेघ यज्ञ समान फल प्राप्ति गर्ने तथा शिवलोक प्राप्ति हुन्ने पौराणिक मान्यता छ । शिवलिंगमा श्रावणमा जनाभिषेक गर्ने सन्दर्भमा एक ज्यादै प्रचलित पौराणिक कथा जसअनुसार जब देवता र राक्षस पूर्व कालकूट विष पनि निस्कियो उस विष भयंकर ज्यालाबाट सहारा ब्रम्हाण्ड जल्न थाल्यो र यस संकटबाट व्यथित समस्या जन भगवान शिवको पास पुगी भगवान समक्ष प्रार्थना गर्न लागे तब सो घटना बुझेर भगवान शिवले सृष्टि बचाउन उस कालकूट विष आफ्नो कण्ठमा अबरुद्ध गरिदिए । जसको कारण भगवान शिवको कण्ठ निलो हुन पुग्यो ।

समुद्र मन्थनबाट निक्लिएको उस विषपानबाट भगवान शिवले तपन सहनुपर्‍यो । अत: मान्यता यो छ कि उस समय श्रावण महिनाको समय थियो र उस तपनको शान्त गर्नका लागि देवताहरुले गंगाजलद्वारा भगवान शिवका पूजन, जलाभिषेक या रुद्राभिषेक आरम्भ गरे । त्यहि समयदेखिको यस प्रथा अहिल पनि चलिआएको छ ।

शिवलिंगमा जलाभिषेक गरी समस्त भक्त उनको कृपा प्राप्त गर्दछन् । उही भगवान शिवको रसमा विभोर भई जीवनरुपी अमृतलाई आफ्नो हृदयमा प्रवाहित गर्ने प्रयास गर्दछन् । सारा संसार ईश्वरका रुपमा मानिन्छ । जसमाथि जलधारा श्रावण महिनामा हुने गर्दछ । प्रकृति यही धर्तीको अभिषेक गर्दै जल चढाइ रहन्छिन् । यहीको नक्कल पनि हामी गर्छौं । जल चढाउने भगवान शिवमा गरिन्छ ।

आफ्नो आफ्नो कृतार्थ सम्झँदै हामी पनि ईश्वरका रचना मान्छौं । यही कृत्यका साथ जोडिएको कुनै न कुनै महिनामा भगवानको पूजा गर्छौं । यस महिनामा गायत्री मन्त्र, महामृत्यूंजय मन्त्र, पञ्चाक्षर मन्त्र जप गर्नु शुभ मानिन्छ । यस महिनामा पूर्णिमामा चन्द्रमा श्रवण नक्षेत्रका साथै योग हुने हुँदा यी दिनहरुमा शिवलिंगमा गंगाजल अभिषेक महाफदायी मान्ने गरिन्छ । भिन्नभिन्न फल प्राप्तिका निमित्त व्यक्ति शिवलिंगमा जलाभिषेक गर्दछन् । जलको वार्षले शितलता प्राप्ति हुने साथै दूध अभिषेक एवम् घिउबाट अभिषेक गर्नाले योग्य सन्तान प्राप्ति हुने मान्यता छ ।

यदि दहीबाट पशुधनको प्राप्ति हुने आस्था एवम् मान्यता रहेको छ । महादेव एक लोटा शुद्ध जलले अभिषेक गर्नाले नै ज्यादा प्रसस्त हुने भगवान हुन् । शुद्ध जलले शिवलिंगमा अभिषेक गर्नु सबसे उत्तम मानिन्छ । किनकी भरपुर जलावृष्टिबाट भगवान शिव अति प्रसन्न हुने हुँदा शुद्ध जल शिवलिंगमा अभिषेक गर्नाले प्रसन्नतम् नीलकण्ठं दयालमं । अव्यक्त शक्ति जो अस्तव्यस्त छ उसलाई शक्तिमा जल चढाउनु सर्वश्रेष्ठ माध्यम हो ।