७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता चार जनाको शव फेला, बाढीमा फसेका पाँचको उद्धार



अ+ अ-

काठमाडौँ: विपद् उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज देशका विभिन्न क्षेत्रबाट बेपत्ता भएका चार जनाको शव निकालेको छ भने बाढीमा फसेका पाँचको उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँका अनुसार कास्की, मुस्ताङबाट बेपत्ता चार जनाको शव निकालेको हो भने कैलालीबाट पाँच जनाको सकुशल उद्धार गरेको हो ।

सशस्त्रका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले अहिले पनि देशका विभिन्न जिल्लामा गोताखोरसहितका विपद उद्धार टोली परिचालन गरी आवश्यक उद्धार तथा खोजी जारी राखेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँका अनुसार कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी चार जनाको शव आज निकालिएको हो ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणबाट गएको गोताखोरसहितको टोलीले शव फेला पारेको हो । यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको आजै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव निकालिएको छ । उक्त घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्मबाट खटिएको सुरक्षा फौज खोजी कार्यमा जुटेको थियो ।

आजै वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरु नदीपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलवारीबाट खटिएको सुरक्षा फौजले ¥याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाउँमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ परिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज साँझ एक सूचना जारी गरी जानकारी दिएको छ ।रासस