• १९ भाद्र २०८१, बुधबार
  •      Wed Sep 4 2024
  •   Unicode
Logo
Latest
★   यसरी बनिन् पलेशा एतिहासिक ओलम्पियन ★   बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरे: मन्त्री अधिकारी ★   माओवादीले गर्न खोजेको परिवर्तन ०६४ सालपछि तुहियोः रामनारायण बिडारी ★   माओवादीले भ्रम सिर्जना गर्दैछ, समावेशितामा कुनै सम्झौता नगरी संविधान संशोधन हुन्छ: सांसद महत ★   ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरेः सुन्दरमणि दीक्षित ★   दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेता पोखरेलको चुनौति ★   नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं: प्रश्तावित राजदुत ढकाल ★   राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान ★   अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड ★   जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ: महामन्त्री थापा

सिंहदरबारमा तीन दलबिच छलफल: साझा एजेण्डा बनाउने समझदारी



काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साझा एजेण्डा बनाउने भएको छ ।

शुक्रबार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर अघि बढ्ने छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।

प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘कसरी बलियो प्रतिपक्ष भएर बस्ने भन्नेबारे प्रतिपक्षलाई अलि बढी चुनौती छ, त्यसकारण जनजिविकाका सवालमा साझा एजेण्डाहरु के कस्ता हुने भन्ने सवालको छलफल भएको छ’।

यस्तै, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ सरकार गठन गर्दा संविधान मिचिएकोबारे सदनमा कुरा उठाउने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ। यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रूपमा लैजाने कुरा भएको छ। जनताको अपेक्षा भन्दा बाहिर गएर सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको छ। जनतामा आशङ्का छ, प्रतिपक्षबाट हामी सशक्त खबरदारी गर्छौँ।’

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले तीन दल कसरी मिलेर जाने भन्नेबारेमा बैठकमा सामान्य छलफल भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।