२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एसिया कप: यूएईलाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने



अ+ अ-

काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितको लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको डम्बुलामा टस हारर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनायो ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । कविसा एगोडेगले २२ रन बनाउदा समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि कप्तान इन्दू बर्माले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।