१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन, छिटो सक्नुपर्‍यो: सभामुख घिमिरे

संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन, छिटो सक्नुपर्‍यो: सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उहाँले सो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाई थियो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘लेटेष्ट टेक्नोलोजी जे हो, त्यो कुरालाई प्रयोग गर्ने कुरामा हामीले कन्जुस्याई गर्नुहुन्न । किनभने बारम्बार बनाईरहने कुरा होइन । नयाँ भवन बनाईदैछ । र खासगरी यो टेक्निकल कुराहरुमा साउण्ड सिस्टमदेखि लिएर सबैमा लेटेष्ट टेक्नोलोजी प्रयोग गर्नुपर्छ । त्यो गर्दा हामीले हिजो ठेक्कागर्दा पुरानो टेक्नोलोजी के थियो, अव यो ५/ठ वर्षको बीचमा धेरै प्रगति भएर आएको छ । त्यो प्रगतिलाई यसमा मिसाएर, त्यसलाई एडप्ट गर्नेगरी जाने हो । यसका लागि केही अपm्ठयाराहरु भए त्यसलाई फुकाएर भएपनि हामीले नयाँ भवनमा जाँदा अहिले आएको लेटेष्ट टेक्नोलोजी प्रयोग गरौं भन्ने मेरो नम्बर वान कुरा यो हो । दोस्रो कुरा अव चर्चामा नै आईरहेको कुरा के छ भने ठूलो स्क्रिन राख्ने व्यवस्था पनि गरौं । त्यही मूल्यमा पाईन्छ भने त्यसो किन गर्ने भन्ने मेरो कुरा हो ।

यस्ता कुरामा कम्पर्माइज नगरी जाँदा के अप्ठयारो छ, नीतिगत अप्ठयारो के छ, आर्थिक अपm्ठयारो के छ, टाईममा सक्ने कुरामा के छ रु यी कुराहरु गर्न जरुरी छ । तर, मुख्य कुरा चाँही कामको प्रगति सन्तोषजनक छैन । र, यसलाई टाईमभित्र सक्ने कुरामा चाँही मंसीर भित्र सक्ने गरी कागज गरेको भन्नुभयो । मंसीर आउनु भनेको त आज साउन ४ गते हामी कुरा गर्दैछौं । मंसीरसम्म त्यो सम्भव नै छैन नि । यही स्पिडले त सम्भव नै छैन । २ सिफ्टमा काम गर्ने भन्ने पनि गफमा नै सीमित भयो । म नै यहाँ आएको झण्डै २ वर्ष भयो । एक सिफ्टका लागि पनि चाहिने म्यानपावरहरु प्रयोग भएको देखिदैन । यसलाई हामी हामीमा धेरै कुरा गर्ने भन्दा पनि आज चाँही हाम्रो स्थितिमा बारेमा हामीबीच छलफल गरौं । कन्ट्रयाक्टरको कुरा तपाईहरुले सुने हुन्छ । सहरी विकास मन्त्रालयले यो काम गरिराखेको छ । हामीलाई यो काम छिटो सक्ने र गुणस्तरीय काम चाहियो । र लेटेष्ट टेक्नोलोजीमा जानुपर्छ भन्ने मेरो भनाई हो ।’

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।