५ आश्विन २०८१, शनिबार
,
Latest
पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन, छिटो सक्नुपर्‍यो: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उहाँले सो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाई थियो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘लेटेष्ट टेक्नोलोजी जे हो, त्यो कुरालाई प्रयोग गर्ने कुरामा हामीले कन्जुस्याई गर्नुहुन्न । किनभने बारम्बार बनाईरहने कुरा होइन । नयाँ भवन बनाईदैछ । र खासगरी यो टेक्निकल कुराहरुमा साउण्ड सिस्टमदेखि लिएर सबैमा लेटेष्ट टेक्नोलोजी प्रयोग गर्नुपर्छ । त्यो गर्दा हामीले हिजो ठेक्कागर्दा पुरानो टेक्नोलोजी के थियो, अव यो ५/ठ वर्षको बीचमा धेरै प्रगति भएर आएको छ । त्यो प्रगतिलाई यसमा मिसाएर, त्यसलाई एडप्ट गर्नेगरी जाने हो । यसका लागि केही अपm्ठयाराहरु भए त्यसलाई फुकाएर भएपनि हामीले नयाँ भवनमा जाँदा अहिले आएको लेटेष्ट टेक्नोलोजी प्रयोग गरौं भन्ने मेरो नम्बर वान कुरा यो हो । दोस्रो कुरा अव चर्चामा नै आईरहेको कुरा के छ भने ठूलो स्क्रिन राख्ने व्यवस्था पनि गरौं । त्यही मूल्यमा पाईन्छ भने त्यसो किन गर्ने भन्ने मेरो कुरा हो ।

यस्ता कुरामा कम्पर्माइज नगरी जाँदा के अप्ठयारो छ, नीतिगत अप्ठयारो के छ, आर्थिक अपm्ठयारो के छ, टाईममा सक्ने कुरामा के छ रु यी कुराहरु गर्न जरुरी छ । तर, मुख्य कुरा चाँही कामको प्रगति सन्तोषजनक छैन । र, यसलाई टाईमभित्र सक्ने कुरामा चाँही मंसीर भित्र सक्ने गरी कागज गरेको भन्नुभयो । मंसीर आउनु भनेको त आज साउन ४ गते हामी कुरा गर्दैछौं । मंसीरसम्म त्यो सम्भव नै छैन नि । यही स्पिडले त सम्भव नै छैन । २ सिफ्टमा काम गर्ने भन्ने पनि गफमा नै सीमित भयो । म नै यहाँ आएको झण्डै २ वर्ष भयो । एक सिफ्टका लागि पनि चाहिने म्यानपावरहरु प्रयोग भएको देखिदैन । यसलाई हामी हामीमा धेरै कुरा गर्ने भन्दा पनि आज चाँही हाम्रो स्थितिमा बारेमा हामीबीच छलफल गरौं । कन्ट्रयाक्टरको कुरा तपाईहरुले सुने हुन्छ । सहरी विकास मन्त्रालयले यो काम गरिराखेको छ । हामीलाई यो काम छिटो सक्ने र गुणस्तरीय काम चाहियो । र लेटेष्ट टेक्नोलोजीमा जानुपर्छ भन्ने मेरो भनाई हो ।’

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।