काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले युएईको तीन विकेट झारेको छ ।
श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कप्तान ईन्दु बर्माले यूएईविरुद्ध तेस्रो विकेट लिएकी हुन् ।
पाँचौ ओभरको तेस्रो बलमा ईन्दुले युएईकी तीर्था सतिशलाई नौ रनमा आउट गराईन् । यसअघि नेपालको लागि सबनम राई र काजोल श्रेष्ठले एक एक विकेट लिईसकेका छन् ।
ताजा स्थितीमा युएईले ६ ओभरमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ ।